जसपा नेताद्वारा रौतहटमा प्रदर्शन
नयाँ संविधानले अन्तरिम संविधानले दिएको अधिकार समेत खोसेको नेताहरुको भनाइ थियो।

२०७७ असोज ३ शनिबार, राति ८:२७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । जनता समाजवादी पार्टी (जसपा) ले संविधान दिवसको विरोधमा प्रदर्शन रौतहटमा प्रदर्सन गरेको छ । शनिबार रौतहटका जसपा पार्टीमा आवद्ध नेता कार्यकर्ताले सदरमुकाम गौरमा प्रदर्शन गरेका हुन् ।
अधुरो संविधान संसोधन गर ,मधेशी एकता जिन्दावाद ,मधेशी ,आदिबासी ,जनजातीको माग पूरा गर भन्ने नाराका साथ गौर बजार परिक्रमा गर्दै संविधान दिवस भनिएको आज असोज (३ हामि सम्पुर्णको लागि कालो दिन हो भन्दै गौरको धरकन चौकमा कोण सभा गरिएको युवा नेता श्याम बिहारी यादबले बताएका छन।
जनता सामाजवादी पार्टीका जिल्ला अध्यक्ष तथा देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्र पटेलको अगुवाइमा सयकडौ नेता कार्यकर्याले विरोध प्रदर्शन गर्दै संविधान संसोधनको माग गरे।
कोणसभामा राजपाका नेता अनिल सिंह, रेवन्त झा, प्रदेश सांसद बाबुलाल साह, पूर्वसभासद बब्न सिंह, बृजकिशोर यादव, किरण साह, राजकुमार दास, बौधिमाई नगरप्रमुख राजीव रञ्जन यादव, माधन नारायण नगरप्रमुख वीरेन्द्र यादव,पार्टीका रौतहट जिल्ला इन्चार्ज बृज यादब ,राजकुमार दास ,कौशर खान मिथिला लगायतले अबिलम्ब संविधान संशोधन गरी मधेशी, मुस्लिम, दलित, आदिबासी जनजातीलगायतको हक अधिकार सुनिश्चत गर्न माग गरेका थिए ।नेताहरुले संविधान जारी भएको बेला आफूहरुमाथि घात भएको भन्दै उनले भने, ‘अरु दिपावली मनाइरहेका छन् । तर हामी संविधान संसोधन नभएसम्म यसको विरोध गरिरहन्छौं ।’भनेका थिए।
नयाँ संविधानले अन्तरिम संविधानले दिएको अधिकार समेत खोसेको नेताहरुको भनाइ थियो। ६ महिना लामो शान्तिपूर्ण अदभुत आन्दोलनबाट अपूरो संविधानलाई पूर्ण बनाउन चासो नदिइएको भन्दै अब पनि संविधान संसोधन गर्न ढिलाइ गरे देशमा सुनामी आउने चेतावनी दिए।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…