धनुषाको धनौजी गाउँपालिकाको अध्यक्ष र अधिकृतको कार्यकक्षमा तालाबन्दी
३ वर्षको अन्तरालमै सो गाउँपालिकामा आधा दर्जन अधिकृत फेरबदल भएको आरोप

२०७७ असोज १ बिहीबार, बेलुकी ५:५९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकामा विहिबार पुनः तालाबन्दी गरिएको छ । विगतमा पनि कैयौं पटक तालाबन्दी हुँदै आएको गाउँपालिकामा विहिबार पुनः तालाबन्दी गरिएको हो ।
केही दिनपछि नै जहिले पनि प्रमुख प्रशासकीय अधिकृत फेरबदल गरेको भन्दै स्थानीयहरुले तालाबन्दी गरेका छन् । स्थानीय अगुवाहरुले हरेक ५/६ महिनामा अधिकृत फेरीएको भन्दै त्यसको विरोध स्वरुप तालाबन्दी गरिएको हो ।
निवर्तमान प्रमुख प्रशासकीय अधिकृत शम्भु ठाकुरले चालु आर्थिक वर्षको बजेट नल्याउनुका साथै कोरोना सम्बन्धी खर्चहरु समेत सार्वजनिक नै नगरी उनको सरुवा गरी फेर बदल गरेको भन्दै विरोध जनाउँदै गाउँपालिकाको कार्यालयमा तालबन्दी गरिएको हो ।
गाउँपालिकाकी उपाध्यक्ष रामबती देवी मण्डलको नेतृत्वमा वडा नं. १ का वडा अध्यक्ष श्याम साह ,वडा नं. ३ का रामदुलार मण्डल र वडा नं. ५ का वडा अध्यक्ष कमल नारायण पँकज सहित एक दर्जन बढीको समूहमा गएका पदाधिकारीहरुले तालाबन्दी गरेको हो ।
३ वर्षको अन्तरालमै सो गाउँपालिकामा ४ जना अधिकृत फेरबदल भएको आरोप लगाईएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…