वडाध्यक्ष यादवको सम्झनामा नेपाली काँग्रेसको श्रद्धाञ्जली सभा
उनको निधनले सहिद नगर नगरपालिकामा नेपाली कांग्रेसले ईमानदार नेता गुमाएको बताए ।

२०७७ असोज १ बिहीबार, दिउँसो ४:०८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली कांग्रेस धनुषा क्षेत्र नं २ का नेता तथा कार्यकर्ताले सहिद नगरपालिका वडा नं ८ पार्टीका पूर्व वडाअध्यक्ष पल्टु यादवको सम्झनामा श्रद्धाञ्जली सभा गरिएको छ ।
पूर्ववडा सभापति यादवको गत साउन २४ गते जनकपुरको काव्य होस्पिटलमा उपचारको क्रममा हृदयाघातका कारण निधन भएको थियो ।
बुधबार सहिद नगरपालिका वडा ८ स्थित डुमरिया चौकमा नेपाली कांग्रेसद्वारा आयोजित श्रद्धाञ्जली सभामा पुर्व कृषिमन्त्री राम कृष्ण यादवले यादवको निधनले पार्टीले कुशल एवं ईमानदार नेता गुमाएको बताए ।
उनले स्वर्गीय यादवलाई सम्झिदै भने,– “उहाले स्थानीय स्तरमा संगठन प्रति देखाइएको लगनशीलता र कार्यकर्ता बिचमा रहेर सधै कार्यकर्ताको सुखदुःखमा साथ रहेर उहाँले पार्टीमा पुर्याएको योगदान कहिले बिर्सिने छैनन् ।”
श्रद्धाञ्जली सभामा नेपाली कांग्रेसका अर्का नेता दिनेश प्रसाद प्रशैला यादवले स्वर्गीय पल्टु यादवको पार्टीमा लगानी छ संगठनकाको काममा दिनरात लागिरहन्थे पार्टीको सिपाही बनेर काम गर्थे त्यसकै मुल्यांकन गरी स्थानीय चुनावमा पार्टीले वडा अध्यक्षको टिकट समेत दिएका थिए । उनको निधनले सहिद नगर नगरपालिकामा नेपाली कांग्रेसले ईमानदार नेता गुमाएको बताए ।
सो श्रद्धाञ्जलीसभा वडा नं ८ का उपाध्यक्ष दिनेश प्रसाद गोईतको अध्यक्षतामा सम्पन्न भएको थियो श्रद्धाञ्जली सभामा प्रमुख अतिथि नेपाली कांग्रेस केन्द्रिय सदस्य राम कृष्ण यादव, विशिष्ट अथिती जिल्ला सभापति महेश शंकर गिरि, अतिथि संविधानसभाका पुर्व सांसद दिनेश प्रसैला यादव पुर्व सांसद शिवधारी यादव नेविसंघका नेता पुष्पेन्द्र गोइत जिल्ला सचिव विन्देश्वर यादव क्षेत्रीय सभापति राजकिशोर सिंह लगायतका नेता कार्यकर्ताहरुको उपस्तिथि रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…