पोखरीमा डुबेको शव निकालियो
गौशाला, माघ २३ : महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिकाको वडा नं १० मा पोखरीमा डुबेर तैरिरहेको अवस्थामा एक पुरुषको शव निकालिएकोे छ । महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश मल्लका अनुसार जलेश्वर–१० बस्ने ६० वर्षीय श्रीनारायण मण्डलको आफ्नै घर अगाडि रहेको सार्वजनिक पोखरीमा

२०७४ माघ २३ मंगलबार, दिउँसो ३:४३ बजे१ मिनेट पढाइ

गौशाला, माघ २३ : महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिकाको वडा नं १० मा पोखरीमा डुबेर तैरिरहेको अवस्थामा एक पुरुषको शव निकालिएकोे छ ।
महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश मल्लका अनुसार जलेश्वर–१० बस्ने ६० वर्षीय श्रीनारायण मण्डलको आफ्नै घर अगाडि रहेको सार्वजनिक पोखरीमा डुबेर तैरिरहेको अवस्थामा शव फेला परेको हो ।
गएराति अत्यधिक मदिरा सेवन गरी सुतेका मण्डल मध्यरातमा बाहिर निस्केर घर अगाडि रहेको सार्वजनिक पोखरीको डिलमा पिसाब फेर्ने क्रममा मदिराको नशामा रहेका कारण पोखरीमा चिप्लिएर पानीमा डुबेर निस्कन नसक्दा मरेको परिवारको भनाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
प्रहरीले उक्त शव मण्डलको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वर ल्याएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…