बाल दिवसमा 'विद्यार्थी जनमत संघ' को निबन्ध प्रतियोगिता
न्यूज ब्यूरो, सिरहा । विद्यार्थी जनमत संघ सिरहाले शैक्षिक कार्यक्रम गरी राष्ट्रिय बाल दिवस मनाएको छ । 'विपदमा बाल अधिकारको सुनिश्चितता, हामी सबैको प्रतिवद्धता' भन्ने नाराका साथ संघले सिरहाको औरहीमा दिवस मनाएको हो । संघले दिवसको अवसरमा मिनिंग र निवन्ध प्रतियोगिता कार्यक्रम गरेको छ । मिनिंग प्रतियोगित

२०७७ भदौ २९ सोमबार, राति ९:०५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । विद्यार्थी जनमत संघ सिरहाले शैक्षिक कार्यक्रम गरी राष्ट्रिय बाल दिवस मनाएको छ ।
'विपदमा बाल अधिकारको सुनिश्चितता, हामी सबैको प्रतिवद्धता' भन्ने नाराका साथ संघले सिरहाको औरहीमा दिवस मनाएको हो । संघले दिवसको अवसरमा मिनिंग र निवन्ध प्रतियोगिता कार्यक्रम गरेको छ ।
मिनिंग प्रतियोगितामा आधारभूत तहका विद्यार्थीलाई सहभागी गराइएको थियो भने निवन्ध प्रतियोगितामा माध्यमिक तहका विद्यार्थीहरु भाग लिएका थिए । औरही-४ कमलपुरस्थित शारदा आधारभूत विद्यालयको प्रांगनमा भएको उक्त कार्यक्रममा सांस्कृतिक कार्यक्रम पनि गरिएको थियो ।
निवन्ध प्रतियोगिताको लागि कोभिड–१९ बाट विद्यार्थी वर्गमा पर्न गएको प्रभाव र समाधानका उपायु भन्ने शिर्षक राखिएको थियो ।
कोरोना भाइरसको त्रासका कारण लामो समयदेखि विद्यालयहरु बन्द रहेको अवस्थामा विद्यार्थीहरुको पढाइप्रतिको टुट्दै गएको मनोवल बढाउन यस्ता कार्यक्रम गरेको संघका केन्द्रीय सदस्य दिपेन्द्र यादवले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…