धनुषाधाम नगरपालिकामा महिला स्वयँसेविकालाई प्रशंसा सहित साईकल पनि
स्वयँसेविकालाई कुनै प्रकारको गुनासो भए आफूसँग सिधा गुनासो पोख्न आग्रह

२०७७ भदौ २९ सोमबार, राति ८:५४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिकाका महिला स्वंसेविकाहरुलाई प्रशँसा गर्दै साईकल प्रदान गरिएको हो ।
नगरपालिकाभित्र काम गर्ने महिला स्वयँसेविकाहरुलाई हौसला स्वरुप प्रशंसा पत्र सहित साईकल हस्तान्तरण गरेको हो । वडा नं ३ का अध्यक्ष राजकिशोर साहको अध्यक्षतामा आयोजना गरिएको प्रशँसा तथा साईकल प्रदान कार्यक्रममा स्वयँसेविकाहरुलाई साईकल प्रदान गरिएको हो ।
नगरपालिकाका नगर प्रमुख बालेश्वर मण्डलले प्रमुख आतितिको आसनबाट बोल्दै महामारीको बेला पनि महिला स्वयँसेविकाहरुले अग्रमोर्चामा रही कार्य सँचालन गरेको भन्दै प्रशँसा गरे । उनले, कुनै आपतिविपद नबुझेर निडर भएर उनीहरुले आफ्नो जिम्मेवारी निरन्तर पूरा गरेको भन्दै सम्मान सहित सहजताको लागि साईकल प्रदान गरिएको बताए ।
उनले बिना सवारीको कार्य सँचालनमा केही असर परेको भन्दै झन तीव्र गतिमा कार्य सँचालन तथा स्वयँसेविकाहरुलाई सहजताको लागि साईकल प्रदान गरिएको बताए । उनले, स्वास्थ्यकर्मी सहित महिला स्वयँसेविकालाई कुनै प्रकारको गुनासो भए आफूसँग सिधा गुनासो पोख्न आग्रह गरे ।
सो क्रममा वडाध्यक्ष साहले महिला स्वयँम सेविकाहरुको भूमिका अपरिहार्य रहेको भन्दै उनीहरुको लागि यो सम्मान पनि सानो रहेको जिकिर गरे । उनले समाजिक कार्यमा महिला स्वयँसेविकाहरुले निभाएको भूमिकाको जति प्रशँसा गरेपनि कम हुने बताउँदै सहजताको लागि सम्मान स्वरुप साईकल प्रदान गरिएको बताए ।
सो कार्यक्रममा बिशिष्ट अतिथि उपमेयर बिध्या देवि भुजेल , प्रमुख प्रशासकिय अधिकृत गणेशराज कार्कि ,लगायत स्वाथयकर्मिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको उदघोषण नगर स्वास्थय सुपरभाईजर रामकृष्ण यादवले गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…