डाक्टरको लापरवाहीले डाक्टरको मृत्यू, डाक्टरहरुलाई स्पष्टिकरण सहित कारवाही !
काउन्सिलमा दिएको उजुरी सम्बन्धमा नेपाल मेडिकल काउन्सिलले कारवाही गरेको

२०७७ भदौ २९ सोमबार, राति ८:४१ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । डाक्टरहरुको लापरवाहीका कारण एक डाक्टरको ज्यान गएको भन्दै एक मेडिकल कलेजका डाक्टरहरुलाई स्पष्टिकरण माग गरिएको छ ।
नेपाल मेडिकल काउन्सिलले भैरहवा स्थित रहेको युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजसका डाक्टरहरुलाई स्पष्टिकरण सोधिएको हो ।
प्राध्यापक डा. ज्ञानेश्वर प्रसाद सिँहको उपचारको क्रममा उपचारमा सँलग्न डाक्टरको लापरवाहीले उनको मृत्यू भएको विज्ञ टोलीहरुले निष्कर्ष निकालेको बताइएको छ ।
नेपाल मेडिकल काउन्सिलले उपचारमा सँलग्न सोही अस्पतालका चिकित्सक डा. विश्व तुलाचनलाई प्रोबेशनमा राखिएको जनाइएको छ । गत भदौ २२ गते काउन्सिलले कलेज र डा. चुलाचनलाई पत्राचार गरी उनलाई प्रोबेशनमा राखी कारवाही प्रक्रिया अगाडी बढाएको उल्लेख गरेको छ ।
डा. सिँहको उपचारमा सुरु देखि नै सँलग्न भएको र विरामीको उपचारका क्रममा डा. चुलाचनबाट त्रुटि, कमजोरी भएको व्यहोरा विज्ञ टोलीको रहेको उदृत गर्दै स्पष्टिकरण सोधिएको हो ।
सो प्रकरणमा डा. तुलाचनलाई काउन्सिलको बैठकबाट भएको निर्णय बमोजिम १ बर्षको लागि इसोफेजिएल इण्डोष्कोपी नगर्न निर्देशन दिएको हो । सो बिषयमा तालिम लिइ सो को प्रमाण काउन्सिलमा पेश गरेपछि मात्र इसोफेजिएल इण्डोष्कोपी प्रोसेज्यूर गर्न दिने निर्णय गरिएको हो ।
गत वर्षको पुस ३ गते मृतक प्राध्यापक डा. ज्ञानेश्वर प्रसाद सिँहको तर्फबाट बिना सिँहले काउन्सिलमा दिएको उजुरी सम्बन्धमा नेपाल मेडिकल काउन्सिलले कारवाही गरेको हो ।
डा. सिँहकै उपचारमा सँलग्न डा. लक्ष्मी पाठकलाई समेत स्पष्टिकरण सोधिएको थियो भने स्पष्टिकरण पेश भएको र निर्णायक पत्राचार हुन बाँकी रहेको पीडित परिवारजनलाई काउन्सिलले पत्राचार गरेको छ ।
सोही क्रममा उपचारमा सँलग्न डा. सँतोष साहको कुनै पनि दोष र सँलग्नता नदेखिएको भन्दै उनलाई काउन्सिलले सफाई दिएको पनि जानकारी गराइएको छ । उपचारमा डा. साहले कुनै लापरवाही नगरेको स्पष्टिकरणमा स्पष्ट जवाफ पेश गरेको बताइएको छ ।

युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजमै कार्यरत डा. ज्ञानेश्वर प्रसाद सिँहले गत बर्षको भदौ १० गते राती करिब ९ बजे खाना खाइरहेको समयमा मासुको हड्डी अडकिएर तुरुन्तै आफू कार्यरत सोही अस्पतालमा उपचार गराउन गएका थिए , तर ईमरजेन्सी लगायत उपचारमा कुनै प्रकारको चासो नदेखाएर भोलिपल्ट मात्रै अपरेशन गरी हड्डीलाई टुक्रा पारेर आधा निकालिएको र आधा हड्डी प्टमै धकेलिएको भन्ने जानकारी गराए पश्चात परिवारजनलाई विरामी ठिक रहेको भनेर आवश्वास दिएको थियो ।
उपचारमा सँलग्न चिकित्कसहरुले विरामीलाई ठिक रहेको भनेपनि पाँचौ दिनमा विरामीलाई बान्ता हुने, ज्वरो बढने भएपनि पुनः सिटि स्क्यान गर्न दबाब दिएको र स्क्यान गर्दा हड्डी ननिकाले तथा लापरवाही गरी पेटतर्फ धकेल्ने प्रयास गर्दा ओसोफेगसमा ईन्फेक्सन भइसकेको र सो समेत जानकारी नगराइकन लापरवाही गरेको देखिएको काउन्सिलको निष्कर्ष छ ।
सोही क्रममा डाक्टरहरुको लापरवाहीको कारण डा. सिँहको ज्यान गएको भन्दै गत वर्ष नै परिवारजनले नेपाल मेडिकल काउन्सिलमा दोषीलाई कारवाहीको माग सहित उजुरी गरेपछि गरिएको छानबिनको क्रममा अस्पतालमा समेत सुधारको खाँचो रहेको औल्याउँदै प्रणाली सुधार गर्न निर्देशन समेत दिएको हो ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…