आर्थिक अभावले आत्महत्या गरेका मुसहर परिवारलाई अभियन्ता थारु र घिमिरेको सहयोग
मृतक जङ्गलबाट दाउरा ल्याएर बेचेको पैसाले घर परिवार पाल्दै आएका थिए ।

२०७७ भदौ २८ आइतबार, बेलुकी ६:२२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगँज । आर्थिक अभावका कारण बिष सेवन गरि आत्महत्या गरेका एक मुसहर परिवारलाई अभियन्ताहरुले सहयोग गरेका छन् ।
आर्थिक अभावको मारले आत्महत्या गरेका मृतक संतन माँझी मुसहरको परिवारलाई सामाजिक अभियन्ताहरुले खाद्यान्न सहयोग गरेका हुन् । वीरगञ्ज महानगरपालिका वडा नं. ३१ बेल्वा टोलका सँतन माझी मुसहर परिवारलाई सामाजिक अभियन्ता प्रकाश थारु र प्रेम घिमिरेले सहयोग गरेका हुन् ।
पीडितको घरमै पुगि आइतबार बिहान उनीहरुले खाद्यान्न सहयोग गरेका हुन् । आफ्नो खाजा खर्च कटौती ग़री मुसहर परिवारलाई ९० किलो चामल, २ लिटर खाने तेल, ३ किलो नुन, २ वटा नुहाउने साबुन, आधा दर्जन कपडा धुने साबुन लगायतका समाग्रीहरु प्रदान गरेका हुन् ।
परिवारमा चरम आर्थिक समस्या भएपछि बेल्वा टोलका ३० बर्षीय युवक सतन माझीले गत शुक्रबार विष सेवन गरेर आत्महत्या गरेका थिए ।
मृतक जङ्गलबाट दाउरा ल्याएर बेचेको पैसाले घर परिवार पाल्दै आएका थिए । कोरोना महामारीका बेला बेरोजगार भइ परिवार पाल्न नसकेपछि उनले विष सेवन गरी आत्महत्या गरेका थिए ।
अरुको जग्गामा घर बनाइ बस्दै आएका माझीको श्रीमती ,आमा र एउटा ३ बर्षीय छोरी तथा एउटा नै महीने दुधे बालक छन् । परिवारमा कमाउने माझीकै मृत्यु भएपछि उनको परिवारलाई खान समेत समस्या हुँदै आएको छ ।
सोही समस्यालाई मध्यनजर गर्दै मुसहर परिवारलाई खानाको लागि भन्दै मृतक माझिकी श्रीमती रबिता देवीलाई खाद्यान्न सामग्री प्रदान गरेको समाजिक अभियन्ता प्रकाश थारुले जानकारी दिएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…