कलधारामा डुबेर २ बालिकाको मृत्यू
न्यूज ब्यूरो, रौतहट । रौतहटमा एकै दिन दुई बालबालिकाको मृत्यु भएको छ। रौतहटको राजपुर नगरपालिका वडा नम्बर १ पिपरा भगवानपुर गाउँका राम प्रवेश ठाकुरका डेढ वर्षका छोरा आदित्य ठाकुरको पानीमा डुबेर मृत्यु भएको छ । फतुवा विजयपुर नगरपालिका वडा नम्बर ६ का एक स्थानीय आनन्दी साहकी डेढ वर्षकी बिनिता कुमारी साहको

२०७७ भदौ २६ शुक्रबार, बेलुकी ५:०४ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, रौतहट । रौतहटमा एकै दिन दुई बालबालिकाको मृत्यु भएको छ। रौतहटको राजपुर नगरपालिका वडा नम्बर १ पिपरा भगवानपुर गाउँका राम प्रवेश ठाकुरका डेढ वर्षका छोरा आदित्य ठाकुरको पानीमा डुबेर मृत्यु भएको छ ।
फतुवा विजयपुर नगरपालिका वडा नम्बर ६ का एक स्थानीय आनन्दी साहकी डेढ वर्षकी बिनिता कुमारी साहको छतमा खेल्ने क्रममा आफ्नै घरको छतबाट लडेर मृत्यु भएको हो।
आदित्यको घरनजिकै कलधाराको पानी जम्ने खाल्डोमा पानीमा खेल्ने क्रममा बिहीबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ।
दुवै बालबालिकाको शवलाई जिल्ला अस्पताल गौरमा पोस्टमार्टम गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपि भरत श्रेष्ठले जानकारी गराएका छन्।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…