धारिलो हतियार प्रहारले एक गम्भिर !
मुखियाको दाहिने हाथ र पेटको दाहिने पट्टी अपरिचित ब्यक्तिले छुरा प्रहार गरि गम्भीर घाइते बनाएको

२०७७ भदौ २६ शुक्रबार, बिहान ९:२७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । रौतहट जिल्लामा अज्ञात समुहको धारिलो हतियारको प्रहारले एक जना गम्भीर घाइते भएको छ।
रौतहटको राजपुर नगरपालिका वडा नंबर २ फतुवा महेशपुर टोल का ५४ बर्षीय सुरज मुखियालाई धारिलो हतियार प्रहार गरि गम्भीर घाइते बनाएका छन ।
शुक्रबार मुखियाले घरबाट बिहान करिब ५ः३० बजेको समयमा धान खेत हेर्न जाँदै गर्दा अपरिचित व्यक्तिले छुरा प्रहार गरि गम्भीर घाइते बनाएका छन ।
मुखियाको दाहिने हाथ र पेटको दाहिने पट्टी अपरिचित ब्यक्तिले छुरा प्रहार गरि गम्भीर घाइते बनाएको हो।
घाइते मुखियाको सदरमुकाम गौर अस्पतालमा समान्य उपचार पश्चात् थप उपचारको लागि बिरगंज लगिएको प्रहरि प्रबक्ता डिएसपी भरत श्रेष्ठले बताए।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…