खानेपानी संस्थान प्रशासन सहायक २५ हजार घुस सहित रँगेहात पक्राउ
न्यूज ब्यूरो, काठमान्डौं । नेपाल खानेपानी संस्थानका एक कर्मचारी २५ हजार रुपैयाँ घुस सहित रँगेहात पक्राउ परेका छन् । खानेपानी सँस्थान कार्यालय पोखरा शाखामा कार्यरत प्रशासन सहायक कृष्णहरि वाग्लेले सेवाग्राहीसँग खानेपानी उपभोग गरे बापत खानेपानी शुल्क तिर्न जाँदा विभिन्न बहानामा घुस मागेको र सोही क्रममा

२०७७ भदौ २५ बिहीबार, दिउँसो ४:४९ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, काठमान्डौं । नेपाल खानेपानी संस्थानका एक कर्मचारी २५ हजार रुपैयाँ घुस सहित रँगेहात पक्राउ परेका छन् ।
खानेपानी सँस्थान कार्यालय पोखरा शाखामा कार्यरत प्रशासन सहायक कृष्णहरि वाग्लेले सेवाग्राहीसँग खानेपानी उपभोग गरे बापत खानेपानी शुल्क तिर्न जाँदा विभिन्न बहानामा घुस मागेको र सोही क्रममा बिहिबार रँगेहात पक्राउ परेको जनाइएको छ ।
बाग्लेले घुस माग गरेको भन्ने उजुरी एवं सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिई गएको टोलीले उनलाई सेवाग्राहीबाट २५ हजार रुपैयाँ घुस लिएको अवस्थामा पोखरा महानगरपालिकाको ट्याक्सी चोक, बगर स्थित रेस्टुरेन्टबाट नियन्त्रणमा लिएको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…