जनकपुरः कोरोनाबाट थप एक पुरुषको मृत्यू, सेनाले गरे शव व्यवस्थापन
साँझ उनको परीणाम कोरोना पोजिटिभ देखिएपछि उनको कोरोनाको कारण मृत्यू भएको

२०७७ भदौ २५ बिहीबार, दिउँसो २:३६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा कोरोना भाइरसको सँक्रमणबाट थप एक पुरुषको मृत्यू भएको छ । उनको बुधबार प्रादेशिक अस्पतालमा मृत्यू भएको जनाइएको छ ।
धनुषाको औरही गाउँपालिका वडा नं. १ पुरनदैया बस्ने बर्ष ६० का एक पुरुषको कोरोनाको कारण मृत्यू भएको जिल्ला प्रशासन कार्यालय धनुषाका प्रसाशकीय अधिकृत गणेश मिश्रले जानकारी दिएका छन् ।
मिश्रका अनुसार, मृतक पुरुषको गत मँगलबार नै स्वास प्रश्वासमा समस्या देखिएपछि उनलाई तत्कालै जनकपुरको प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । बुधबार साँझ उनको मृत्यू भएपछि कोरोनाको आशंकामा स्वाब सँकलन गरी परीक्षण गरिएको थियो । साँझ उनको परीणाम कोरोना पोजिटिभ देखिएपछि उनको कोरोनाको कारण मृत्यू भएको बताइएको छ ।
मृतक पुरुषलाई धनुषाको महेन्द्रनगर स्थित श्रीनाथ गणबाट खटेका कोभिड शव व्यवस्थापन टोलीले उनको शवलाई आज (विहिबार) व्यवस्थापन गरेको हो । कोरोनाका कारण मृत्यू भएपछि कार्यविधि अनुसार अन्तिम सलामी दिँदै सेनाका शव व्यवस्थापन टिमले उनको शव औरही गाउँपालिका वडा नं. १ स्थित रहेको जमुनी नदीको किनारमा व्यवस्थापन गरेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…