जनकपुरः मोटरसाईकलले एकै युवक हाने विभिन्न ठाउँमा ठक्कर, ३ जना घाईते
सो घटनामा बर्ष ९ की नन्दनी कापर समेत घाईते भएको जनाइएको छ भने प्रहरीले यसलाई पुष्टि गरेको छैनन् ।
२०७७ भदौ २४ बुधबार, बेलुकी ७:५२ बजे१ मिनेट पढाइ

सलामत राईन, जनकपुरधाम । धनुषामा एक युवकले विभिन्न ठाउँमा व्यक्तिलाई ठक्कर दिँदा आफू सहित ३ जना घाईते भएका छन् ।
धनुषाको सबैला नगरपालिका वडा नं. ९ भठिहन बस्ने अन्दाजी बर्ष २५ का जयेन्द्र यादवले सबैला, सतोषर र भठिहनमा ठक्कर दिदाँ २ जना सख्त घाईते भएका छन् भने आफू पनि घाईते भएका हुन् ।
आज (बुधबार) ज १० प ३०८४ नम्बरको मोटरसाईकलले तीव्र गतिमा निस्केपछि सुरुमा सबैला बजारमा ठक्कर दिएका थिए । त्यहाँबाट भाग्दै गर्दा सतोषरमा पनि ठक्कर दिएको र त्यहाँबाट भाग्दा फेरी भठिहनमा पनि ठक्कर दिएको ईलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ ।

प्रहरी नीरिक्षक राम कुमार यादवका अनुसार, मोटरसाईकलले ठक्कर दिँदा सबैला नगरपालिका वडा नं. ९ भठिहन बस्ने भोला कापरकी छोरी बर्ष ३ की निसा कापर तथा सोही स्थान बस्ने किशोरी रायकी अन्दाजी बर्ष ५५ की दिलतोरिया देवी राय घाईते भएकी हुन् । सो घटनामा बर्ष ९ की नन्दनी कापर समेत घाईते भएको जनाइएको छ भने प्रहरीले यसलाई पुष्टि गरेको छैनन् ।
ईलाका प्रहरी कार्यालय सबैलाका प्रहरी नीरिक्षक यादवका अनुसार, ठक्कर दिने युवक पनि घाईते भएको र उनीहरुलाई उपचारको लागि जनकपुरको प्रादेशिक अस्पताल जनकपुर पठाइएको जानकारी दिए । मोटरसाईकल भने प्रहरीको नियन्त्रणमा रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
सलामत राईन
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…