बिपिको समाजवादलाई काँग्रेसले बिर्सदैछ : वक्ताहरु
रौनियारले पार्टीमा आमूल परिवर्तनको लागि जस्तो जुकै सँघर्ष गर्न तयार रहेको बताए ।

२०७७ भदौ २४ बुधबार, बेलुकी ७:३३ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जननायक विपि कोईरालाको १०७ औं जन्मजयन्तीको अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाइएको छ ।
विपिको जन्मजयन्तीको अवसरमा आयोजना गरिएको विभिन्न कार्यक्रमका सहभागीहरुले वर्तमान अवस्थामा नेपाली काँग्रेस पार्टीले बिपिको समाजवादको मूल मन्त्रलाई बिर्सदै गइरहेको बताएका छन् ।
नेपाली काँग्रेस निकट तथा भातृ सँगठन नेपाल विद्यार्थी सँघ (नेविसँघ) का सह–महामन्त्री राजेश रौनियारले नेपाली काँग्रेसले बिर्सदै गईरहेको बताएका छन् ।
नेबिसघ बाराले आज बिपि कोइराला को १०७ औं जन्मजयन्तीको अवसरमा बोल्दै सह–महामन्त्री रौनियारले विपिको समाजवादलाई अबलम्बन गरे नेपाली काँग्रेसको पक्कड झन बलियो हुने विश्वास व्यक्त गरे ।
जन्मजयन्तीको अवसरमा बाराको अ्मृता अनाथ आश्रम बालबालिकाहरुलाई कोरोनाबाट बच्नको लागि हैन्ड वास १० थान, के ९५ मोडेल मास्क २५ थान सहित खाद्यान्न समाग्री समेत वितरण गरेको हो ।
स्याउ, बिस्कुट , चाउचाउ तथा मिनिरल वाटर्स समेत वितरण गरिएको सह–महामन्त्री रौनियारले जानकारी दिएका छन् । रौनियारकै प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा गिरिजा प्रसाद कोइराला फाउन्डेसनका जिल्ला अध्यक्ष चन्द्रीका गुप्ता, नेबिसघ बाराका जिल्ला अध्यक्ष राकेश पान्डे, युवा नेताहरु धरमेन्द्र यादव, विद्यार्थी नेताहरु हरि ओम साह, बिनय राज शर्मा , प्रवीण पटेल, सिकि जैसवाल लगायतको उपस्थिति रहेको कुरा नेबिसँघका जिल्ला प्रवक्ता सदाम हुशेनले जानकारी दिए।
प्रमुख अतिथीको रुपमा बोल्दै रौनियारले पार्टीमा आमूल परिवर्तनको लागि जस्तो जुकै सँघर्ष गर्न तयार रहेको बताए ।
यसका साथै, जननेता कोइरालाको १०७ औ वर्ष जयन्तीको अबसरमा सिरहामा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । सो क्रममा आयोजना गरिएको अन्तरक्रिया तथा रक्तदान कार्यक्रममा नेपाली काङ्ग्रेसको सिराहाको जिल्ला सभापति एवम पूर्व साँसद रामचन्द्र यादबले विपिको समाजदलाई अवलम्बन गर्नुको विकल्प नरहेको बताए ।

सो क्रममा सह–महामन्त्री परमेशवर साहले बिपि कोइरालाको समाजबादलाई काङ्ग्रेसले बिर्सेर पार्टीमा परिवारवाद हावी गर्न खोज्दा कमजोर हुँदै गएको बताएका छन् । सोही क्रममा लाहान नगर सभापति सुनिल महतोले काङ्ग्रेसको समाजवाद अन्य पार्टीले बोकेर हिड्ने तर आफ्नै पार्टी भित्र समाजवादलाई छोडेर परिवारवाद लादेको कारण पार्टी साख गिरेको बताए ।
महतोले पार्टी भित्र एक से एक विद्वान नेताहरूले अरु पार्टीका नेतालाई समाजवादको शिक्षा दिने तर आफ्नै पार्टी भित्र समाजवाद लाई बिर्सनु दुःखद भएको बताए ।
नेबि संघ जिल्ला कार्यसमिति सिराहाले आयोजना गरेको रक्तदान कार्यक्रम मा ५५ जना ले रक्तदान गरेको जिल्ला सचिब सन्जिब ठाकुरले बताए ।
कार्यक्रम मा नेपाली काङ्ग्रेस का युवा नेताहरु शैलेन्द्र यादब ,नेबिसंघका नि.बर्तमान केन्द्रिय सह–महामन्त्री परमेशवर साह लगाइतले रक्तदान गरेको थियो।
सोही कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला उप सभापति बिसुन साह बनिया ,युवा नेताहरु देबनाथ यादव ,फुलेश्वर महतो,अरुन केसि ,करिम खान,डाक्टर जगन्नाथ पुर्बे लगाइत नेबि संघका जिल्लाका नेताहरू गोपाल यादव ,कपिल साह ,नरेश जङ् साह,गौरब साह,आशिष् लाल दास,तेज नारायण साह लगाइतले रक्तदान गरेका थिए ।
कार्यक्रम जिल्ला अध्यक्ष मो. मुस्ताक को अध्यक्षता सम्पन्न भएको थियो।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…