आफ्नै घरमा मृत भेटिइन् महिला
घटना शंकास्पद देखिएकाले पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै केहि भन्न मिल्ने प्रहरीले बताएको छ ।

२०७७ भदौ २३ मंगलबार, राति ८:३७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहामा एक महिला मृत अवस्थामा भेटिएका छिन् ।
मिर्चैया नगरपालिका ६ का प्रमोद पुर्बेकी श्रीमति अन्दाजी वर्ष ३५ की रिना देवी पुर्बे मृत भेटिएकी हुन् । उनी गएराति १० बजे आफ्नै घरमा मृत भेटिएको प्रहरीले जनाएको छ ।
आफ्नै भुईतले पक्की घरको कोठामा भित्रबाट चुकुल लगाई भुईमा मृत अबस्थामा लडिरहेको भन्ने खबर ईलाका प्रहरी कार्यालय मिर्चैयामा प्राप्त भएपछि प्रहरी त्यहाँ पुगेको थियो ।
घटनास्थल पुगेको प्रहरीले घटनाको मुचुल्का उठाएर शव पोष्टमार्टमको लागि पठाएको छ । घटना शंकास्पद देखिएकाले पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै केहि भन्न मिल्ने प्रहरीले बताएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…