जनमत पार्टीको अधिवेशनको तयारी तीव्र, सिरहामा समिति गठन
जनमत पार्टीले विभिन्न जिल्लाहरुमा अधिवेशनको तयारी तीव्रता साथ अगाडि बढाएको छ ।

२०७७ भदौ २० शनिबार, राति १०:१४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । डा. सिके राउत नेतृत्वको जनमत पार्टीको सिरहा जिल्लाको अधिवेशनको लागि तदर्थ समिति गठन गरिएको छ ।
पार्टीको केन्द्रीय समिति बैठकले अधिवेशन सम्बन्धि ह्वीप जारी गरेलगत्तै सिरहामा अधिवेशनको लागि तदर्थ समिति गठन भएको हो ।
यसअघि निर्वाचन आयोगले फागुन मसान्त भित्र अधिवेशन गरिसक्न राजनीतिक दलहरुलाई निर्देशन दिएको थियो । अधिवेशनको लागि सिरहामा विजय साहको संयोकत्वमा ९ सदस्यीय तदर्थ समिति गठन गरिएको छ ।
समितिमा विजय साह, राजकुमार यादव (त्यागी), अनिता मण्डल, कप्लेश्वर यादव, संतोष यादव, विजय यादव, निर्मल मण्डल, कविता सिंह र मेहर आलम रहेका छन् ।
समिति गठन भएसँगै जिल्लामा वडा, पालिका तथा क्षेत्रीय अधिवेशनको तयारी तीव्र पारिएको समितिका संयोजक विजय साहले जानकारी दिए । उनले मंसिरसम्ममा जिल्लाका सबै वडामा अधिवेशन गरिसक्ने गरि काम थालेको बताए ।
यस्तै, माघसम्ममा पालिका तथा क्षेत्रीय अधिवेशन सकाइहाल्ने लक्ष्य रहेको उनले जनाए । जनमत पार्टीको जिल्ला समितिले पनि निर्धारित समयभित्रै अधिवेशनको काम गरिसक्न निर्देशन दिएको छ ।
जनमत पार्टीले विभिन्न जिल्लाहरुमा अधिवेशनको तयारी तीव्रता साथ अगाडि बढाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…