ठाकुर परिवारलाई भोरद्धारा खाद्यान्न समाग्री सहयोग
भोरद्धारा उनको परिवारलाई खाद्यान्न समाग्री सहयोग गरिएको हो ।

२०७७ भदौ २० शनिबार, दिउँसो ४:४४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिका वडा नं. ६ बस्ने बिरेन्द्र ठाकुरको आर्थिक समस्याका कारण केहि दिन पहिला निधनपछि सृजना भएको अवस्थालाई मध्यनजर गर्दै समाजिक सँस्था भोरले खाद्यान्न समाग्री सहयोग गरेको छ ।
ठाकुरको मृत्यूपछि उनको परिवारको आर्थिक अवस्था नाजुक भएको अवस्थामा भोरद्धारा उनको परिवारलाई खाद्यान्न समाग्री सहयोग गरिएको हो ।
केही दिन अघि सर्लाही युवा सँजालद्धारा राहत समाग्री सहयोग गरिएको थियो भने दोश्रो पटक आज (शनिबार) समाजिक सँस्था भोरको तर्फबाट राहत प्रदान गरिएको हो । बिरेन्द्र ठाकुरको घरमा पुगेर खाद्यान्न सामाग्री प्रदान गरिएको हो ।
चामल, दाल, नुन, तेल, स्वाबिन, हरियो तरकारी, आलु, प्याज, फलफूल, प्याम्पर, गेडागुडी, अन्डा लगायतका सामग्रीहरु प्रदान गरिएको जनाइएको छ ।
भोरको संस्थापक राज कुमार महतो र वर्तमान अध्यक्ष पचु माझी मुसहरको सहयोग र विषेश पहल तथा सर्लाही युवा सँजालको तर्फबाट राहुलराज यादवलाई प्रतिनीधित्व गर्दे सहयोग समाग्री प्रदान गरेका हुन् ।
भोरको तर्फबाट पनि राहुलराज यादव सहित, सरोज यादव , युथ एसोसिएसन अफ नेपाल (यानका सचीव मनोहर यादव , स्थानिय युवा सुबोध यादव, नेतेस चौधरी लगायतका युवाहरूको रोहबरमा खाद्यान्न समाग्री प्रदान गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…