क्वीक रिस्पोन्स टिमको स्वास्थ्य शिवरबाट डेढ सय जना लाभान्वित
क्विक रेस्पोन्स टिमले शिविर आयोजना गरेरै त्यस्ता बिरामीलाई औषधि उपचार गरिएको हो ।

२०७७ भदौ २० शनिबार, दिउँसो ४:२० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । स्कुल अफ डेमोक्रेसी कोभिड–१९ क्विक रेस्पोन्स टिम द्वारा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमबाट १ सय ४७ जना लाभान्वित भएका छन् ।
१ सय ४७ जना सामान्य बिरामीलाई टिमद्धारा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट औषधि उपचार प्रदान गरिएको हो । शनिबार जनकपुरधाम उपमहानगरपालिका वडा नं १ स्थित मुसहरी टोलमा क्विक रेस्पोन्स टिमका डाक्टर सहितको टोलीले राखिएको शिविरमा उनीहरू औषधि उपचार गराइएको हो ।
कोरोना भाइरसका कारण अहिले सामान्य बिरामीलाई पनि औषधि उपचार गराउन समस्या भैरहेकोबेला क्विक रेस्पोन्स टिमले शिविर आयोजना गरेरै त्यस्ता बिरामीलाई औषधि उपचार गरिएको हो ।
सो शिविरमा औषधि ,ल्याब, चिकित्सकिय परामर्श को सेवा प्रदान गरिएको छ। मेडिसिन बाट डा. शरद यादव, डा बिपिन यादव, डा. अभिजित साह, दाँत मुख तर्फबाट डा. सज्जन ठाकुर ,गाइनो बाट डा. मनिषा भारद्वाज, अर्थोबाट डा. कुमार सम्भव, डा. अमित रन्जन मिश्रा, साइकेट्रीकबाट डा. रबिन झा, बालरोगबाट डा. बिकास कु साह, नाक कान घाँटी बाट डा सन्तोष साह, सर्जन बाट डा बिजय कु साह,गेस्ट्रो बाट डा शशी भुसन ठाकुर, फिजियोथेरेपीबाट डा. राजु साह, मे.अ. डा बिनय कु यादव,डा अनिल कु साहले सहयोग गरेको थियो ।
यस्तै, पारामेडिक बाट घन्श्याम झा राजु, सुमन ठाकुर, दिपक यादव, ल्याबबाट मुकेश सिंह,रुपेस नारायण महतो सफाइकर्मी, महिन्दर मेस्तरले सहयोग गरेका थिए भने स्थानीय स्तर मा ब्यबस्थापनमा मुख्य सहयोग देवु यादव,लभ यादव, कुश यादव, रामेश्वर यादवले गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…