रौतहटको गरुडामा झडप, अश्रुग्यास प्रहार, ६ जना घाइते !
झडपमा परी चार प्रहरी र दुई स्थानिय महिला घाइते भएका छन ।

२०७७ भदौ १८ बिहीबार, बेलुकी ६:५२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । कर्तव्य ज्यान मुद्दामा पक्राउ परेर प्रहरी हिरासतमा रहेका विजय रामको मृत्यु भए पछि रौतहटको गरुडामा शुरु भएको विरोध प्रर्दशनको क्रममा आज (बिहिबार) झडप भएको छ ।
ईलाका प्रहरी कार्यालय गरुडा अगाडी भएको भडपमा ६ जना भन्दा बढी घाइते भएका छन । प्रदर्शनकारी र प्रहरी बिच भएको झडपमा दुवै तर्फका व्यक्तीहरु घाइते भएका हुन ।
प्रदर्शन उग्र भएर ढुङ्गामुढा भए पछि प्रहरीले लाठी चार्ज गर्नुको साथै ६ राउण्ड भन्दा बढी अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी भरत श्रेष्ठले बताए ।
झडपमा परी चार प्रहरी र दुई स्थानिय महिला घाइते भएका छन । उनीहरुको गरुडामा रहेको स्थानीय क्लीनिकमा उपचार भइरहेको र अहिले अवश्था सामान्य भएको डिएसपी श्रेष्ठले बताए ।
गरुडा हत्याकाण्ड प्रकरणमा आजै प्रहरी उपरिक्षक रविराज खडका हेडक्वार्टर तानिएका छन । उनको ठाँउमा प्रहरी प्रधान कार्यालयले उपरिक्षक सिद्धि विक्रम साहलाइ रौतहटमा काज सरुवा गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…