उमाप्रेमपुर एरीयामा अपराधिक गतिविधि गर्ने अब तह लाग्छ : ईन्चार्ज सिँह
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको उमाप्रेमपुर प्रहरी चौकी एरीयामा उच्छृँगल गतिविधि गर्नेलाई तह लागउने चौकी इन्र्चाज अनिल कुमार सिहंले बताएका छन् । समाजिक अपराध र समाजमा हुने अपराधिक क्रियाकलापलाई २४ सै घण्टा निगरानी गर्ने बताउँदै ईन्चार्ज सिँहले लागुऔषध गाँजा तथा कुनै अपराधिक कार्य संलगता भेटिएमा छु

२०७७ भदौ १८ बिहीबार, बेलुकी ६:२४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको उमाप्रेमपुर प्रहरी चौकी एरीयामा उच्छृँगल गतिविधि गर्नेलाई तह लागउने चौकी इन्र्चाज अनिल कुमार सिहंले बताएका छन् ।
समाजिक अपराध र समाजमा हुने अपराधिक क्रियाकलापलाई २४ सै घण्टा निगरानी गर्ने बताउँदै ईन्चार्ज सिँहले लागुऔषध गाँजा तथा कुनै अपराधिक कार्य संलगता भेटिएमा छुट नपाउने बताएका छन् ।
ईलाका प्रहरी कार्यालय धनुषाधामको मातहतमा रहेको उमाप्रेमपुर चौकीका नयाँ ईन्जार्च बनेर आएका सिँहले यहाँ कुनै प्रकारको अपराधिक क्रियाकलापको भनक लागे आफूलाई जानकारी गराउन आग्रह स्थानीयहरुसँग गरेका छन् ।

विभिन्न समयमा चेकजाच गर्ने क्रममा प्रहरी चौकि उमाप्रेमपुर पक्राउ गरीएको करीब १६० लिटर अवैध मदिरा नष्ट गरेको हो ।
धनुषाधाम नगरपालिका- ५ का वार्ड अध्यक्ष इन्द्रकुमार महतो , बजरंग युवा कल्वका अध्यक्ष राम पुकार यादव लगायत स्थानिय भद्रभलादमीहरुको रोहबरमा अवैद्य मदिरा नष्ट गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…