प्रदेश २ का मुख्यमन्त्री राउतलाई 'कालो झण्डा'
गत भदौ ३ गते बेलुका खाना खाइरहेको बेला कन्चटमा गोली हानेर पुजारी श्रीराम साहको हत्या गरिएको थियो ।

२०७७ भदौ १८ बिहीबार, बेलुकी ५:३३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । रौतहटमा गोली हानेर हत्या गरिएको पुजारी श्रीराम साहको हत्यारालाई बचाउन षड्यन्त्र गरेको आरोप लगाउदै स्थानीयले प्रदेश नम्बर २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतलाई कालो झणडा देखाएका छन् ।
रौतहटको माधवनारायण नगरपालिका वडा नं. २, खेसरहियामा प्रहरी चौकी शिलान्यास गर्न मुख्यमन्त्री राउत र भुमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादव उक्त स्थानमा पुगेका थिए । तर कार्यक्रम गर्न नपाउदै ठूलो संख्यामा उपस्थित स्थानीयले उनीहरुलाई कालो झन्डा देखाउनुको साथै नाराबाजी समेत गरेका थिए ।
वडध्यक्ष शेख नरुल्लाहको प्रत्यक्ष संलग्नतामा पुजारीको हत्या गरिएको र निजहरू आफ्नो पार्टीको नेता भएकोले बचाउनको लागि उक्त स्थानना आएर घटनाको अनुसन्धान मोड्न षड्यन्त्र गरेको आरोप लगाउदै स्थानीयले प्रदर्शन गर्दै मुख्यमन्त्रीलाई सचेत गराएका छन् ।
“पुजारी श्रीराम साह जिन्दावाद , हत्याराहरु मुर्दावाद , हत्यारा लुकाउने नेता चाहिदैन” जस्ता नाराहरु लगाउँदै मुख्यमन्त्री राउतलाई कालो झण्डा देखाएको थियो ।
यसका साथै, उनीहरुले “पीडितलाई जिस्क्याउन पाउदैन, पुजारी श्रीराम साहको हत्यारा बचाउने षड्यन्त्र बन्द गर” जस्ता नारा लगाउदै स्थानीयले प्रदर्शनसंगै मुख्यमन्त्रीको कार्यक्रम केही बेर अवरुद्ध गरेका थिए ।
गत भदौ ३ गते बेलुका खाना खाइरहेको बेला कन्चटमा गोली हानेर पुजारी श्रीराम साहको हत्या गरिएको थियो ।
आफ्नो नीजि जीवनप्रतिको स्वार्थ परित्याग गरी सन्त बनेर समाजिक जीवन बिताइरहेका पुजारीको हत्या भएको भन्दै खेसरहियावासीसहित रौतहटका आम नागरिकले निष्पक्ष छानबिनको माग गर्दै आएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…