दोषीलाई कडा भन्दा कडा कारबाही हुन्छ :मुख्यमन्त्री राउत
मुख्यमन्त्री राउतले मृतकका परिवारलाई प्रदेश सरकारको तर्फबाट राहत उपलब्ध गराउने घोषणा समेत गरे ।

२०७७ भदौ १८ बिहीबार, बेलुकी ५:०० बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । मुख्यमन्त्री लालबाबु राउतले रौतहट घटना का दोषीहरुलाई कडा भन्दा कडा सजाय दिलाउने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
रौतहटको गरुडा र माधवनारायण नपामा पछिल्लो समयमा भएका घटनाको पीडित परिवारहरु सङ्गको मुख्यमन्त्री राउतले दोषी जो र जुन दर्जाको भए पनि सजाय भोग्नु पर्ने बताएका छन् ।
गरुडा नपाको जिङ्गडियामा हत्या भएको राम परिवार सङ्गको भेट्मा उहाँले गरुडाघटना बारे सूक्ष्म छानबिन का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवको अध्यक्षता उच्च स्तरीय छानबिन समिति गठन भै सकेको र समितिको प्रतिबेदन को आधारमा दोषी लाई कडा भन्दा कडा कारबाही गरिने उल्लेख गरे ।
मुख्यमन्त्री राउतले मृतकका परिवारलाई प्रदेश सरकारको तर्फबाट राहत उपलब्ध गराउने घोषणा समेत गरे ।
उक्त अवसरमा आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र कुमार यादवले दोषी प्रहरी हरुलाई निलम्बन गरेर कारबाही प्रक्रिया सुरु गरि सकेको उल्लेख गर्दै न्याय पाउने मा बिस्वस्त रहन पीडित परिवारलाई आग्रह गरे ।

यसै गरि माधव नारायण नपामा हत्या भएको पुजारी राम साहको हत्या स्थल पुग्नु भएको मुख्यमन्त्री राउतले बाबाको हत्या मा सन्लग्न दोषी लाई कडा भन्दा कडा कारबाही गराउने प्रतिबद्धता व्यक्त गरे ।
साधु जस्तो ब्यक्ति लाई हत्या गर्ने लाई फासिको सजाय पनि कम हुने उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले त्यस्ता अपरधि लाई ईश्वरले पनि माफ गर्न नसक्ने उल्लेख गरे ।
कार्यक्रममा आन्तरिक मामिला मन्त्री यादवले प्रदेश मा शान्ति सुरक्षा कायम गर्न आफुहरु प्रतिबद्ध रहेको बताए ।
उक्त अवसरमा भुमी ब्यबस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले अपराधलाई राजनिती करण नगर्न विपक्षीलाई चेतावनी समेत दिए ।
उक्त क्षेत्रमा शान्ति सुरक्षा कायम गर्ने उदेश्य ले आजै खेसरिया बजारमा मुख्यमन्त्री र आन्तरिक मन्त्री ले सन्युक्त रुपमा प्रहरी चौकिको भवन शिलान्यास गर्नुका साथै पोखरी सौन्दर्यिकरणको शिलान्यास समेत गरेका छन् ।
कार्यक्रम मा प्रदेस सभा सदस्य शेख अबुल कलाम, राम किसोर यादव, बाबुलाल साह , मुख्यन्यायधिबक्ता दिपेन्द्र झा, स्थानीय तहका प्रमुखहरु , सुरक्षा निकायका प्रमुख हरु सहितको सहभागिता रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…