जनकपुरः रेल्वे ट्रैक नजिकै पानीमा लास !
जिल्लाको टोली पुगेपछि शव (लास) लाई बाहिर निकालिने र सनाखत गरिने जनाइएको छ ।

२०७७ भदौ १८ बिहीबार, बिहान ९:४४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को अस्थायी राजधानी जनकपुरधामदेखि केही दुरीमा रहेको लखौरी स्थित विहानै लास (शव) फेला परेको छ ।
धनुषाको धनौजी गाउँपालिका वडा नं. १ लखौरी स्थित पानीमा एक व्यक्ति मृत फेला परेको हो । जनकपुर– जयनगर रेल्वेको लीक (ट्रैक) को दक्षिणपट्टि रहेको खाल्डोमा एक व्यक्ति मृत फेला परेको हो ।
पानीमा मृत अवस्थामा डुबेको व्यक्तिको हात मात्र बाहिर आएको र हातमा लेडिज (महिलाले लगाउने) घडी देखिएको स्थानीय प्रत्यक्षदर्शीहरुले बताएका छन् । हात हेर्दा मृतक युवति हुन सक्ने अनुमान गरिएको हो ।
अहिले ईलाका प्रहरी कार्यालय औरहीको प्रहरी टोली घटनास्थलमा पुगेको छ भने जिल्ला प्रहरी कार्यालय धनुषाबाट समेत प्रहरी टोली प्रस्थान गरेको छ । जिल्लाको टोली पुगेपछि शव (लास) लाई बाहिर निकालिने र सनाखत गरिने जनाइएको छ ।
यस घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ...
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…