अनसनरत पूर्वमन्त्रीको स्वास्थ्य बिग्रीयो, १० सुुत्रिय माग सहीत आंदोलनको घोषणा
“मृतक निरजंन रामको अभियुक्त लखन साह र राजगीर साहलाई प्रहरीले पक्राउ गर्न चाहेको छैन ।

२०७७ भदौ १७ बुधबार, दिउँसो ४:३६ बजे४ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । रौतहट दलित संघर्ष समिति रौतहटले १० सुुत्रिय माग सहीत आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ ।
जिल्लाको गरुडा स्थित ईलाका प्रहरी कार्यालय अगाडी धर्नास्थलमा बुधवार पत्रकार सम्मेलनको आयोजना गरी दलित संघर्ष समितिले आफ्ना माग अघि सार्दै आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो ।
समितिले प्रहरी हिरासतमा रहेका निर्दोष ४ जना सिकेन्द्र पाश्वान,अजयराम,विवेक राय यादव,अर्जुुन रामलाई तुुरुन्त रिहा गरीयोस ।मृतक निरञ्जन राम,बिजय रामलाई शहिद घोषणा गरीयोस,प्रहरीद्धारा हत्या गरीएका बिजयरामको मुुद्धा दर्तागरी दोषी प्रहरीलाई कार्वाही गरीयोस भनी माग गरीएको छ ।
त्यसैगरी मृतक निरञ्जन रामको अभियुक्त लखन साह,राजगिर साहलाई अबिलम्ब पक्राउगरी कानुनी दायरामा ल्याईयोस, मृतक निरञ्जन राम र बिजय रामको हत्याकाण्ड लाई छानबिन गर्न दलित आयोग,मानव अधिकार आयोग,सहीतको संसदिय उच्च स्तरिय छानबिन समिति गठन गरीयोस,दलित अगुवा तथा अधिकारकर्मीको ज्यान धनको सुरक्षाको ग्यारेन्टी गरीयोस,दलित हत्या हिंसा अबिलम्ब रोकियोस,बिजयराम र निरञ्जन रामको सालिक निर्माण गरीयोस ।
.jpg)
प्रधानमन्त्री,गृहमन्त्री,रक्षामन्त्री र प्रदेशका मुख्यमन्त्री अनिवार्य गरुडा आउनैपर्ने समितिका अध्यक्ष सोनालाल राम द्धारा हष्ताक्षरित बिज्ञप्तीमा उलेख रहेको छ ।माग अबिलम्ब संबोधन नभएमा निम्न बमोजिमका आन्दालन गर्न बाध्यहुने छौ बिज्ञप्तीमा उलेख छ ।
आज (बुधबार) १७ गते पत्रकार सम्मेलन पछी कालोपटी बाँधेर जुलुस प्रदर्शन, १८ गते गौरमा जुलुस प्रदर्शन तथा जिल्ला प्रशासन घेराउ,१९ गते गरुडामा लाठी झाडुु जुलुस तथा प्रहरी कार्यालय घेराउ,२० गते चन्द्रपुर देखी गौर सम्म जनप्रदर्शन,२१ गते चन्द्रपुरगौर सडक खण्डमा हँडिया, खपरी, चलना, बेलना, हँसिया, खुर्पी, जुलुस प्रदर्शन तथा रयाली र २२ गते प्रदेश २ को राजधानी जनकपुरमा जुलुस प्रदर्शन तथा मुख्यमन्त्री कार्यालय घेराउको कार्यक्रम रहेको छ ।
साथै माग पुरा नहुन्जेल ईलाका प्रहरी कार्यालय अगाडीको अन्सन जारीरहने उलेख गरीएको छ । पत्रकार सम्मेलनमा दलित संघर्ष समितिका पदाधिकारीका साथै पुर्वमन्त्री बिशेन्द्र पाश्वान,पुर्व सान्सद राम प्रीत पासवान को समेत अनसनमा बसेका छन।पाच दिन देखि अनसनरत पुर्व मन्त्री पासवानको स्वास्थ अवस्था बिग्रीन थालेको छ।
उनले प्रधानमन्त्री वा गृहमन्त्री तत्काल आएर पीडितलाई न्याय दिनुपर्ने माग सहित आमरन अनसनमा बसेका छन।उहाँ सङ्ग हिजो देखि अनसन बसेका अर्का पुर्व सासद राम प्रीत पासवानको स्वास्थ स्थिती सामान्य छ । पत्रकार सँगगको कुराकानीमा पुर्व सासद पासवानले निरन्जन राम र बिजय राम हत्या कान्डमा सन्लग्न ,प्रत्यक्ष अप्रत्यक्ष साथ दिने सबैलाई कानुन बमोजिम कारबाही हुनुपर्ने बताए ।
उनले गृह मन्त्रालयले इन्सपेक्टर र हवलदारलाई ६ महिनाको लागी निलम्बन गरेको तर आदेश दिने एसपी रबिराज खडका र डिएसपी ज्ञान् कुमार महतोलाई भने जोगाउन खोजेको उनको आरोप लगाए । यस अघि जिल्ला प्रशासन लगायतका कार्यालयमा भएको सहमति आफूहरुलाई मान्य नभएको दलित अगुवा एव आन्दोलन सङघर्स समितीका अध्यक्ष सोनेलाल रामले बताए।
“मृतक निरजंन रामको अभियुक्त लखन साह र राजगीर साहलाई प्रहरीले पक्राउ गर्न चाहेको छैन । मृतकलाई सहिद घोषणा गरेर पीडित परिवारलाई क्षतिपूर्ति दिनु पर्छ ।” संयोजक रामले भने “हत्याकाण्डको छानबिनका लागी दलित आयोग, मानव अधिकार आयोग सहितको उच्च स्तरीय छानबिन समिति बनाउनु पर्छ । हिरासतमा दलित मारिएकोले जिल्ला प्रहरी कार्यालयका उपरिक्षक र गरुडाका नायब उपरिक्षक ज्ञानकुमार महतोलाई तत्काल निलम्बन गर्नु पर्छ ।”
गत साउन ३२ गते स्थानिय गरुडा नगरपालिका ८ जिंगडिायाका २२ बर्षिय निरञ्जन रामको धारिलो हतियारले घाँटी रेटेर हत्या गरीएको थियो । घटनाको अनुसंधानको लागी ईलाका प्रहरी कार्यालय गरुडाको टोलीले बिजयराम सहीत ११ जनालाई पक्राउ गरेको थियो ।
आवशयक अनुुसंधान पछी ४ जनालाई मुक्त गरी गत १ गते डिएसपी ज्ञानकुमार महतोले बिजयराम सहीत ७ जना माथी ज्यान संम्बन्धी मुद्धा दर्तागरेर सार्वजनिक गरेका थिए । अभियुुक्त सार्वजनिक गरेलगतै डिएसपी आर्थिक चलखेलमा परेर हत्याका मुख्य योजनाकारलाई छोडेर निर्दोषलाई फँसाएको भन्द्र दलित संघर्ष समितिले गरुडा स्थित प्रहरी बिरुद्धको आन्दोलन गर्दैआएका छन ।
प्रहरी हिरासतमै रहेका अभियोगी बिजयरामको उपचारको क्रममा गत १० गते राती बिरगंज स्थित नेशनल मेडिकल कलेजमा उपचारको क्रममा मृत्युु भएको थियो ।
हिरासतमा रहेकोबेला चरम यातनाको कारण बिजयरामको मृत्युु भएको पिडित परिवारले दाबी गरेका छन भने प्रहरीले बिजयको दुुबै किडणीले कामगर्न छोडेको् कारण मृत्युु भएको प्रहरीको दाबी छ ।
मुख्यत बिजयरामको प्रहरी हिरासतमै मृत्युको खबरले रौतहटको अवस्था तनाव ग्रस्त बनेको छ । यसैबिच ईलाका प्रहरी कार्यालय गरुडाका तत्कालिन प्रमुख डिएसपी ज्ञानकुमार महतो प्रदेश २ मा तानिएका छन भने अनुुसंधानमा संलग्न ईन्स्पेक्टर नविनकुमार सिंह र २ जना हवलदार मंगलवार निलम्बनमा परेका छन ।
पिडितको माग अनुसार गृहमन्त्रालयका एकजना उपसचिवको संयोजवकत्वामा गठित ३ सदसिय टोलीले घटनाको छानबिन सुुरु गरेको छ ।
समितिले छानबिन सुुरुगरेको छ १५ दिन भित्र प्रतिवेदन बुुझाए पछी कुनैपनी हालतमा दोषी उम्किन नपाउने भएकाले रौतहटका सिडियो ईन्द्रदेव यादवले सबै पक्षलाई संयमित रहन आग्रह गरेका छन ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…