सिटिईभिटीले १२ हजार बढी विद्यार्थीलाई आतँकित बनाए : नेविसंघ
आन्तरिक परीक्षामा प्राप्त अंकभारलाई आधार मानी मूल्यांकन पद्धतिलाई अवलम्बन गर्न माग

२०७७ भदौ १६ मंगलबार, बेलुकी ५:१५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल विद्यार्थी सँघ (नेविसंघ) सिटिईभिटी प्रदेश २ समन्वय समितिले १२ हजार बढी विद्यार्थीलाई प्रत्यक्ष प्रभावित हुने गरी ल्याएको निर्णयप्रति आपत्ति जनाएको छ ।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिईभिटी) बाट संचालित चिकित्सा शिक्षा सम्वन्धि सिएमए, अनमी, ल्याब, ल्याब असिस्टेन्ट र आयूर्वेदा लगायत टिएसएलसी/एसईई स्तरका १८ महिने स्वास्थ्य तालिम खारेज गरिएकोप्रति आपत्ति जनाएको छ ।
नेविसंघको सिटिईभिटी प्रदेश २ समन्वय समितिका सँयोजक ईन्द्रजीत गोईतले एक प्रेस विज्ञप्ति जारी गर्दै सिटिईभिटीले भावी योजना र विकल्प समेत नदिई विगत २५ वर्ष देखि अविछिन्न संचालित तालिम बन्द गर्दा ठूलो अन्यौलता छाएको बताएका छन् ।
अहिले कोभिड १९ (कोरोना भाइरस) को विरुद्धमा अग्रपँगतीमा रहेर सेवा गरिरहेका सिएमए, अनमी, ल्याब, ल्याब असिस्टेन्ट र आयूर्वेदा लगायत टिएसएलसी÷एसईई स्तरका स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहन गर्नुको साटो उनीहरुलाई आतँकित बनाएकोप्रति आपत्ति जनाएका हुन् ।
उनले भनेका छन्–“देशभरिको १२ हजार बढी यस स्तरका विद्यार्थीहरुको भविष्यलाई अन्यौल गर्दै विना बिकल्पको तालिमहरु हटाउँदा यसले स्वास्थ्य क्षेत्रमा पनि अपूर्णीय क्षति हुन्छ ।”
देशभर स्वास्थ्य शिक्षामा तालिम प्राप्त १२००० विद्यार्थीहरुलाई समेत आर्तकित बनाउँदै खाका र योजना बिना नै बन्द गरिनु घोर आपतिजनक रहेको बताइएको छ । साथै सिटिईभिटी परीक्षाका सन्दर्भमा डिप्लोमा तहका विद्यार्थीहरुको हकमा विगतका सन्दर्भमा डिप्लोमा तहका विद्यार्थीहरुको हकमा विगतका आन्तरिक परीक्षा आकस्मिक परीक्षा दिने विद्यार्थीहरुको हकमामा, विगत गतिविधि र डिप्लोमा दोश्रो र तेश्रो साथै टिएसलसी अध्ययन गर्ने विद्यार्थीको हकमा अघिल्लो आन्तरिक परीक्षामा प्राप्त अंकभारलाई आधार मानी मूल्यांकन पद्धतिलाई अवलम्बन गर्न माग समेत गरेका छन् ।
सिटिईभिटीले सिएमए, अनमी, ल्याब, ल्याब असिस्टेन्ट र आयूर्वेदा लगायत टिएसएलसी÷एसईई स्तरका १८ महिने स्वास्थ्य तालिमलाई हटाउने निर्णय गरेको हो । यी विषय र तालिमहरु हटाउने भएपछि यसको चौतर्फी विरोध भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…