प्रदेश नं. २ को प्रथम प्रदेश सभा बैठक बस्दै
केही बेर अघि मात्र बैठक औपचारिक रुपमा सुरु

२०७४ माघ २१ आइतबार, दिउँसो १२:०० बजे१ मिनेट पढाइ

जनकपुरधाम, २१ माघ ।
प्रदेश नं. २ को प्रथम प्रदेश सभा बैठक जनकपुरमा सुरु भएको छ ।
माघ २१ गते तोकिए बमोजिम आज प्रथम बैठक सुरु भएको जनाइएको छ।
प्रदेश सभा बैठकबाट प्रदेशको राजधानी सहित सरकारको नेतृत्व र मुख्यमन्त्री बारे गहन छलफल सहित केही मुद्दालाई बैठकबाटै टुँगो लगाउने कार्यक्रम रहेको छ ।
प्रदेश सभाको बैठकको पूर्वसन्ध्यामा राजपा फोरम गठबन्धनले बैठक गरी प्रदेश सभा बैठकमा उठाउनुपर्ने मुद्दाहरुको बारेमा रिहल्सल गरेका थिए ।
बैठकमा प्रदेश नं. २ बाट निर्वाचित तथा समानुपातिक सहित सबै प्रदेशसभा सदस्य, प्रतिधिनि सभा सदस्यहरुको समेत उपस्थिति रहेको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…