कोरोना सङ्क्रमणबाट सिरहामा थप एकको मृत्यु, निषेधाज्ञा थपियो
प्रशासनले भदौ १ गते राति १२ बजेदेखि लागू गरेको निषेधाज्ञा सोमबार राति १२ बजेबाट सकिँदै थियो ।

२०७७ भदौ १६ मंगलबार, दिउँसो १२:४४ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, सिरहा । कोरोना सङ्क्रमणबाट सिरहामा मँगलबार (आज) बिहान थप एक जनाको मृत्यु भएको छ ।
सिरहाको मिर्चैया नगरपालिका–६ का ५५ वर्षीय पुरुषको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।
भदौ १० गते कोरोना सङ्क्रमण पुष्टि भएपछि प्रतिष्ठानको आइसियुमा उपचाररत उनको मँगलबार बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए।
उच्च रक्तचाप र मधुमेह रोगबाट पीडित उनको यसअघि विराटनगरस्थित विराट मेडिकल कलेजमा भर्ना गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिए थियो ।
उपचारकै क्रममा उहाँको प्रतिष्ठानमा मृत्यु भएको प्रमुख यादवले थपे । योसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सँख्या सिरहामा ७ पुगेको छ ।
यता, कोरोना सङ्क्रमण बढ्दै गएपछि सिरहामा भदौ २७ गतेसम्मका लागि निषेधाज्ञा थपिएको जिल्ला प्रशासन कार्यालयद्वारा आज जारी सूचनामा उल्लेख छ ।
प्रशासनले भदौ १ गते राति १२ बजेदेखि लागू गरेको निषेधाज्ञा सोमबार राति १२ बजेबाट सकिँदै थियो ।
प्रमुख जिल्ला अधिकारी तथा जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका संयोजक प्रदीपराज कँडेलको अध्यक्षतामा बसेको बैठकले निषेधाज्ञाको समय थप गर्दै अझ कडाइ गर्ने निर्णय गरेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…