बिजय राम प्रकरणमा सँलग्न प्रहरी निलम्बनमा !
रौतहट प्रहरीले भने केही दिनदेखि सँचारकर्मीहरुसँग कुराकानी गर्न छाडेका छन् ।

२०७७ भदौ १६ मंगलबार, बिहान ९:४२ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, रौतहट । रौतहटको गरुडा प्रहरीमा कार्यरत तथा विजय राम प्रकरणमा सँलग्न प्रहरीलाई निलम्बन गरिएको खवर प्राप्त भएको छ ।
प्रहरी हिरासतको क्रममा गरुडा नगरपालिका वडा नं. ८ बस्ने विजय राम (महरा) को उपचारको क्रममा मृत्यू भएपछि सो घटनामा सँलग्न रहेको प्रहरीलाई निलम्बनको लागि प्रदेश नं. २ को मुख्यन्यायधिवक्ताको कार्यालयबाट सिफारिस गरिएको थियो ।
गत भदौ ११ गते उपचारको क्रममा नेश्नल मेडिकल कलेजमा मृत्यू भएका विजय रामको शरिरमा चोट र घाउ देखिएको भन्दै प्रहरीले यातना दिएपछि उनको मृत्यू भएको भन्दै सँलग्न प्रहरीलाई निलम्बन गर्न गत भदौ १४ गते नै सिफारिस गरिएको थियो ।
मृतक रामको शव परीक्षणमा संलग्न चिकित्सकहरुको प्रारम्भिक भनाई अनुसार मृतकको हात तथा पिठ्युँमा चोटको निशान देखिएको छ । सो घटनामा दोषी देखिएका प्रहरी कर्मचारी उपर प्रारम्भिक प्रतिवेदनको आधारमा तत्काल निलम्बन गरी, विश्वसनीय छानबिन प्रकृयालाई अगाडि बढाइ कानुन बमोजिमको कारवाही गर्न सिफारिस गरिएको थियो ।
मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले कानुन बमोजिमको काम, कर्तव्य र अधिकार तथा सेवाका अन्य शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७५ को दफा ४ को उपदफा १ को देहाय (च) वमोजिम सिफारिश गरिएको थियो ।
सो सन्दर्भमा भने प्रदेश प्रहरी कार्यालय जनकपुरले निलम्बन सन्दर्भमा कारवाही भएको बारेमा जानकारी प्राप्त भएको तथा यस सन्दर्भमा जिल्ला प्रहरी कार्यालय रौतहटसँग सम्पर्क गर्न सुझाएका छन् । यद्यपी, रौतहट प्रहरीले भने केही दिनदेखि सँचारकर्मीहरुसँग कुराकानी गर्न छाडेका छन् ।
गोप्य स्रोतका अनुसार, सो घटनामा सँलग्न रहेको प्रहरी ईन्स्पेक्टर नबिन सिह, प्रहरी हबल्दार मुन्ना सिह र प्रहरी हबल्दार फिरोज आलमलाई निलम्बन गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…