मन्दिरका पूजारी हत्या काण्डमा २ जना पक्राउ
हाल पक्राउ परेको दुवै जनाले अभियोग भने स्वीकारीनसकेको बताइएको छ ।

२०७७ भदौ १५ सोमबार, बेलुकी ५:०९ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, रौतहट । गत भदौ ३ गते रौतहटमा भएको पूजारी हत्या काण्डमा प्रहरीले २ जनालाई पक्राउ गरेको खबर बाहिर आएको छ ।
गत भदौ ३ गते राती करिब ९ः३० बजे पूजाआज सकेर खान खाईरहेको बेलामै कन्चटमा गोली हानी हत्या गरिएको आरोपमा रौतहट प्रहरीले २ जनालाई पक्राउ गरेको बताइएको छ ।
पक्राउ पर्नेमा देवाही गोनाही नगरपालिकाका रामनरेश पटेल र बालकुमार पटेल रहेको जनाइएको छ । यद्यपी, यसबारे जिल्ला प्रहरी कार्यालय रौतहटले कुनै प्रतिक्रिया दिएका छैनन् ।
भारतीय प्रहरीको सहयोगमा बिहारबाट उनीहरुलाई पक्राउ गरेर प्रहरीले रौतहट ल्याएको हो । हाल पक्राउ परेको दुवै जनाले अभियोग भने स्वीकारीनसकेको बताइएको छ ।
सोही प्रकरणमा देवाही गोदाही नगरपालिका–१ का वडाध्यक्ष शेख नरुल्लाह, राजेन्द्र पटेल, कहिल पटेल र रामप्रवेश पटेल फरार रहेको बताईएको छ ।
यसबारे पनि प्रहरीले मुख खोलेका छैनन् । यो समाचारको लागि अधिकारिक पुष्टि नभएपनि २ जनालाई पक्राउ गरिएको गोप्य श्रोतबाट खवर प्राप्त भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…