रौतहटमै पुनः एक दलित महिलाको हत्या !
अहिले जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरीको टोली घटनास्थलतर्फ प्रस्थान गरेको जनाइएको छ ।

२०७७ भदौ १४ आइतबार, बेलुकी ७:५८ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, रौतहट । दलित हत्या काण्डको आगो सेलाउन नपाउँदै पुनः रौतहटमा एक महिलाको हत्या गरिएको खवर बाहिर आएको छ ।
आज (आईतबार) रौतहटको गढिमाई नगरपालिका वडा नं. ३ मा कुटपिट गरी सलले घाँटीमा बेरिएर उखु बारिमा मारेको अबस्थामा शव फेला परेको बताइएको छ ।
गढिमाई नगरपालिका वडा नं. ३ लक्ष्मीपुर बस्ने सकल बैठाको ४० वर्षिया श्रीमति मिन्त्री देवि बैठाको कुटपिट गरी सलले घाँटीमा बेरेर हत्या गरेको अवस्थामा भेटिएको हो ।
आजै बिहान करिब ११ बजे घाँस लिन घरबाट निस्केको मिन्त्रीलाई एकान्त स्थानमा रहेको उखु बारिमा उनले लगाएको पछ्यौरीले घाँटिमा बेरेर मारेको बताइएको छ ।
उनको शव एक स्थानीयले देखेपछि प्रहरीलाई खवर गरेको थियो । अहिले जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरीको टोली घटनास्थलतर्फ प्रस्थान गरेको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…