प्रहरी हिरासतमा मृतक विजय रामको परिवारलाई मधेश सरकारको ५ लाख
गरुडा प्रहरीका डिएसपी ज्ञान कुमार महतो र केही पहरीले रामलाई अत्यधिक यातना दिएको आरोप छ ।

२०७७ भदौ १४ आइतबार, बेलुकी ५:२६ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । प्रहरी हिरासतमै ज्यान गुमाएका रौतहटका विजय रामको परिवारलाई मधेश सरकारले ५ लाख रुपैयाँ दिने घोषणा गरेको छ ।
प्रदेश नं. २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवको नीजी सचिवालयद्धारा जारी गरिएको प्रेस विज्ञप्तिमा शोक सन्तप्त परिवारप्रति सँवेदना प्रकट गर्दै राहत स्वरुप तत्कालै ५ लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरिएको हो ।
गत साउन ३२ गते गरुडा नगरपालिका–८ जिगडियाका १७ वर्षीय निरन्जन रामको घाँटी रेटी हत्या भएपछि प्रहरीले घटनामा संलग्न सात जनालाई पक्राउ गरेको थियो । सोही आरोपमा पक्राउ गरिएको विजय राम पनि पक्राउ गरिएको थियो । प्रदेश सरकारले उनको परिवारलाई राहत स्वरुप ५ लाख रुपैयाँ दिने घोषणा गरेको हो ।
गरुडा प्रहरीका डिएसपी ज्ञान कुमार महतो र केही पहरीले रामलाई अत्यधिक यातना दिएको आरोप छ । परिवारजनले प्रहरीले नै हिरासतमा यातना दिएर मारेको आरोप लगाइएको छ । उनको मृत्यूपछि दलित समुदाय आन्दोलित भएका हुन् । सोही प्रकरणमा डिएसपी महतोलाई प्रदेश प्रहरी तानिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…