जनकपुरः यमराजको मन्दिरसँगै नेपालमै पहिलो 'साँझा स्वर्गद्धारी' बन्दै
उनले यस्तो कन्सेप्ट (अवधारणा) मा आधारित पहिलो धनुषाको धनौजीमा बन्न लागेको जीकिर गरे ।

२०७७ भदौ १४ आइतबार, बिहान ९:४१ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को अस्थायी राजधानी जनकपुरधामदेखि केही दुरीमा रहेको धनुषाको धनौजी गाउँपालिकामा साँझा स्वर्गद्धारी निर्माण कार्य सुचारु गरिएको छ ।
धनुषाको धनौजी गाउँपालिका वडा नं. ३ मा सबै धर्महरुको अन्तिम सँस्कार गर्ने स्थल एकै ठाउँमा बनाउन लागिएको हो । झण्डै साढे ४ विघामा निर्माण हुन लागेको साँझा स्वर्गदारी नेपालमै पहिलो हुने बताइएको छ ।
गाउँपालिकाका लागि प्रत्यासी अध्यक्ष तथा नेकपाका युवा नेता राज कुमार यादवको विशेष पहलमा नेपाल सरकारको तराई मधेश समृद्धि परियोजना सहित स्थानीय स्तरबाट समेत गरी १६ करोडको लागतमा साँझा समाधीस्थल निर्माण गर्न लागिएको हो । स्थानीय र स्थानीय स्तरको २ लाख ५० हजार सहयोग गरिएको छ भने तराई मधेश समृद्धिबाट २५ लाख रुपैयाँ निकासा गरी कार्य भइसेको छ ।
“कमन हेभेन” अर्थात साँझा स्वर्गदारी नाम राखिएको उक्त स्थल धनौजी गाउँपालिका वडा नं. ३ को पुरना नदी (पुरानो नदी) झौझी कटैयामा निर्माण सुरु गरिएको हो । हिन्दु, मुस्लिम, ईसाई लगायत अन्य सबै धर्महरुको समाधी स्थल एकै ठाउँमा गरिने गरी निर्माण गर्न लागिएको युवा नेता राजकुमार यादवले बताए ।

छुटयाइएको जग्गामध्येबाट १ विघा १ कठ्ठामा ठुलो पोखरी निर्माण गरिएको छ भने दक्षिणपट्टि ४ वटा आर्यघाट समेत निर्माण गरिने बताइएको छ । त्यसमै १ वटा विद्युतिय शवदाह गृह र उत्तरपट्टि ईसाई धर्मावलम्बीहरुको समाधी स्थल, उत्तरपूर्वपट्टि अन्य धर्मावलम्बीहरुको समाधी स्थल निर्माण गरिने भएको छ ।
पूर्वपट्टि बिभिन्न किसिमका बिभिन्न सुन्दर फलफूलहरुले शृङ्गारिएको मनमोहक तथा रमनिय पार्क, पश्चिम पट्टि प्रबेश द्वार तथा बिभिन्न धर्माबलम्बीहरुका आस्थाका धरोहर, आस्थाका केन्द्रहरु, धर्मशालाहरु तथा चौतर्फि १५ फिटे मोटर बाटो भित्र कम्पाउन्डवाल समेत निर्माण गरिने छ ।
यो साँझा स्वर्गद्धारी नेपालमै एउटा मात्र अति रमणीय हुने विश्वास समाजसेवी समेत रहेका नेत यादवको छ । उनले यस्तो कन्सेप्ट (अवधारणा) मा आधारित पहिलो धनुषाको धनौजीमा बन्न लागेको जीकिर गरे ।
निर्माण गरिएको पोखरीको नजिकै सार्वजनिक बोर्डिँग (नल) को समेत निर्माण भइसकेको बताएका छन् । सोही स्थानमा यमराजको मन्दिर र भूतनाथको मन्दिर समेत निर्माण गरिने बताए । पोखरीबाट आउने आम्दानीलाई स्वर्गद्धारीको स्याहारमा लगाइने बताइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…