धनुषाः पोलमै थिए २ मिस्त्री, अचानक लाईन दिएपछि बेहोस
। यद्यपी, परिवारजनले भने यादवको अवस्था अझै गम्भिर रहेको बताएका छन् ।

२०७७ भदौ १३ शनिबार, दिउँसो २:०५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा सडकमा रहेको विजुली पोलकको काम गरिरहँदा अचानक लाईन दिएपछि २ जना घाईते भएका छन् ।
धनुषाको सबैला नगरपालिका वडा नं. १० सिमाराढीमा शुक्रबार साँझ बन्दै गरेको नयाँ सडकको क्रममा पोल सार्ने क्रममा सो दुर्घटना भएको हो ।
रोडको पोल सार्ने क्रममा नेपाल विद्युत प्राधिकरण यदुकूहा शाखाबाट सट–डाउन गरिएको थियो । सोही बेला सडकका कर्मचारी (मिस्त्री) पोलमै रहेको अवस्थामा लाइन दिने बित्तिकै दुई कर्मचारीलाई करेन्ट लागेको जनाईएको छ ।
सो मध्ये विद्युत कर्मचारी (मिस्त्री) बिजय यादवको अवस्था गम्भिर भएपनि आज समान्य भएको छ । यद्यपी, परिवारजनले भने यादवको अवस्था अझै गम्भिर रहेको बताएका छन् ।
उनलाई साधारण करेन्ट लागेको र केही बेरमा उपचारपछि समान्य भएको जनाइएको छ । पोल र तार सारेर घरको बत्ती कनेक्सन ठिक गरिरहेको अवस्थामा करेन्ट लागेको थियो ।
यता, यदुकूहा वितरण शाखाका प्रमुख सुनिल महतोले उनीहरु विद्युत कर्मचारी नभएर सडकमा काम गर्ने कर्मचारी रहेको जनाएको छ । उनीहरु आफ्नो घरको बत्ति ठिक पार्ने बेलामा समान्य करेन्ट लागेको बताए । अहिले उनीहरु समान्य अवस्थामा रहेको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…