सचिवको सरुवा तत्काल बदर गर्न मन्त्री साहको मांग
सचिवको अनपेक्षित सरुवाले ती सबै कार्यक्रम प्रभावित हुने भएकोले समेत ती निर्णय फिर्ता लिन माग गरेका हुन् ।

२०७७ भदौ १२ शुक्रबार, बेलुकी ५:०९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले छोटो अवधीमै सचिव सरुवा गर्ने प्रवृतिले प्रदेश सरकारको काम काज नै प्रभावित भएको भन्दै पछिल्लो पटक गरिएको सरुवा तत्काल फिर्ता लिन संघीय व्यवस्था तथा समान्य प्रशासन मन्त्रीलाई आग्रह गरेका छन् ।
मन्त्री साहले आज संघीय मन्त्रालयलाई पत्र लेख्दै ४ महिना अघि मात्र आएको सचिवलाई सरुवा गरिएकोमा आपती जनाउदै सचिव सरुवा तत्काल स्थगित गर्न र छोटो अवधीमै सचिव फेर्ने प्रवृति अन्त गर्न आग्रह गरेका हुन् ।
जुन सुकै बेला सचिव फेर्न प्रवृतिले प्रदेश सरकारको कार्यक्रमनै प्रभावित हुँदै आएको , पदस्थापना हुने सचिवले पनि सरुवा हुनु पर्ने भन्दै काममा गति नदिने गरेको जस्ता कारणहरुले सचिवहरुलाई निश्चित अवधीको लागि पठाउन मांग समेत गरेका छन ।
गत दुई वर्षमा ६ जना सचिवको सरुवाहुनु र अहिलेको विषम परिस्थितिमा किसानहरुको ऋण व्याज मिनाहा, धान बालीमा लागेको रोग निवारणको गर्नुपर्ने प्रयास मलखाद व्यवस्थापन गर्नु पर्ने भएपनि सचिवको अनपेक्षित सरुवाले ती सबै कार्यक्रम प्रभावित हुने भएकोले समेत ती निर्णय फिर्ता लिन माग गरेका हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…