बर्दिबास नगरपालिकाले अब आफैँ कोरोना टेष्ट गर्दै
नगर प्रमुख र नगरपालिकाको यो कार्य लाई चौतर्फी सराहना गरिएको छ ।

२०७७ भदौ १२ शुक्रबार, दिउँसो २:३८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बर्दिवास । प्रदेश नं. २ को महोत्तरी जिल्लाको बर्दिवास नगरपालिकाले अब आफैं कोरोना सम्बन्धी परीक्षण सुरु गरेको छ ।
नगरपालिका भित्रका आम नागरिकलाई सहजता प्रदान गर्ने हेतु नगरपालिकाकै तर्फबाट कोरोना टेष्ट गर्न सुरु गरिएको हो । नगर प्रमुख विदुर कुमार कार्कीका अनुसार नगरपालिकाले आफ्नै लगानीमा पिसिआर मेसिन खरिद गरेको छ ।
देशभरी सहित प्रदेश नं. २ मा कोरोना भाईरसको सँक्रमण समुदाय स्तरसम्म पुगेको भन्दै सँक्रमण न्यून गर्नको लागि पिसिआरको बिकल्प नदेखेपछि नगरपालिकाकै तर्फबाट मेसिन किनेर परीक्षण सुरु गरिएको हो ।
मान्छेबाट मान्छेमा तीव्र रुपमा सर्ने भनिएको कोरोना भाइरस सँक्रमितको आधारमा सम्र्पर्कको आधारमा बोलाएर स्वाब परीक्षण गरिने बताइएको छ । आफ्नै मेसिन नहुँदा प्रादेशिक अस्पताल जनकपुरको भरमा बस्दाबस्दै सँक्रमित झन बढेको हुन सक्ने भन्दै आफनै मेसिन सँचालनमा ल्याएको नगर प्रमुख कार्कीको कथन छ ।
दैनिक ८०० जनाको स्वाब परीक्षण गर्ने क्षमता भएको सो मेसिनबाट आज गरिएको स्वाब परीक्षणको परिणाम भोलीपल्ट नै आउने बताइएको छ । अस्पतालहरुमा स्वाब सँकलनपछि दुई हप्तासम्म रिपोर्ट आउँदै गरेकोमा यसबाट एक दिनमै रिपोर्ट आउने र सँक्रमितलाई आईसोलट गर्न मदत गरिने जनाइएको छ ।
नगर प्रमुख र नगरपालिकाको यो कार्य लाई चौतर्फी सराहना गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…