बिरगँज : अब निषेधाज्ञा तोडेर पसल खोल्दै व्यापारी
वीरगञ्जको घण्टाघरदेखि आदर्शनगरसम्म मेनरोडमा रहेका पसलहरु सञ्चालन गरिएको हो ।

२०७७ भदौ ११ बिहीबार, दिउँसो ४:४४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगँज । वीरगँजमा स्थानीय प्रशासनले लगाएको निरन्तर निषेधाज्ञाले आजित भएर स्थानीय व्यापारीहरुले पसल खोलेका छन् ।
विगत एक महिना भन्दा बढी समयदेखि वीरगँजमा लगाइएको निषेधाज्ञाका कारण सम्पूर्ण व्यवसाय नै चौपट भएको भन्दै आदर्शनगर क्षेत्रका व्यवसायीहरुले बिहिबार (आज) देखि पसल खोलेका हुन् ।
कोरोाई भाइरसको सँक्रमण समुदायस्तरमा फैलिएको भन्दै स्थानीय प्रशासनले साउन १० गतेदेखि निरन्तर निषेधाज्ञा लगाएपछि आजित भएर पसलहरु खोल्न थालेका छन् ।
व्यापारीहरुले कोरोना भन्दापनि भोक र चिन्ताले मार्ने जोखिम बढी भएको भन्दै निषेधाज्ञा तोडेर पसल सञ्चालन गरेका हुन् ।
वीरगञ्जको घण्टाघरदेखि आदर्शनगरसम्म मेनरोडमा रहेका पसलहरु सञ्चालन गरिएको हो । निषेधाज्ञा भएपनि कर, बैंकको ब्याज, बिजुली महशुल, घर भाडा लगायतका शुल्क तिर्नै पर्ने भएका कारण पसल व्यवसाय सञ्चालन गर्नुको विकल्प नभएको व्यवसायीहरुको भनाई छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…