धनुषाः पोखरीमा महिला मृत फेला !
"अनुसन्धानपछि थप तथ्य खुल्ने जिप्रका धनुषाले जनाएको छ ।"

२०७७ भदौ १० बुधबार, बेलुकी ५:४७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा एक महिला आज (बुधबार) पोखरीमा मृत फेला परेकी छन् । धनुषाको लक्ष्मीपुरको एक पोखरीमा मृत फेला परेको हो ।
धनुषाधाम नगरपालिका वडा नं. ४ लक्ष्मीपुर टोल बस्ने कृष्णा यादवको जगामा रहेको पोखरीमा महिला मृत तैरिरहेको अवस्थामा देखेपछि स्थानीयहरुले प्रहरीलाई खवर गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार, बुधबार (आज) दिउँसो करिब १ बजेको समयमा धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं. २ राधापुर बस्ने उत्तीम यादवकी ४० बर्षिय श्रीमति भुतही देवी यादवको शव बरामद भएको हो ।
उनको मृत्यू डुबेर भएको वा कसैले मारेर फालेको बारे अहिले जानकारी नभएको तथा शवलाई पोष्टमार्टमको लागि जनकपुरको प्रादेशिक अस्पतालमा ल्याइएको जनाइएको छ । अनुसन्धानपछि थप तथ्य खुल्ने जिप्रका धनुषाले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…