उमालेको साग खाएर बाँचेका साहलाई त्रिविजय कन्सट्रक्सनद्धारा सहयोग
स्थानीय एक जनाले उनको अवस्थाबारे समाजिक सँजालमा राखेपछि उनलाई सहयोग गर्न यादव पुगेका थिए ।

२०७७ भदौ ९ मंगलबार, बेलुकी ७:४८ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । लकडाउनका कारण छोराको काम गुमेपछि साग मात्र खाएर बाँचेका एक अत्यन्त गरिब परिवारलाई आर्थिक सहयोग गरिएको छ ।
सिरहाको कर्जन्हा नगरपालिका वडा नं. १० प्रयागपुर बस्ने बिहारी साह (माचिबाला) लाई धनुषाको त्रिविजय कन्सट्रक्सन प्रा.लि. ले सहयोग गरेका छन् । कैयौं दिनदेखि उमालेको (उस्नेको) साग र कसैले दिएपछि भात खान पाएका साहलाई त्रिविजय कन्सट्रक्सनका सँचालक शंकर प्रसाद यादवले सहयोग गरेका छन् ।
मँगलबार साँझ उनको अवस्थाबारे खवर पाएलगत्तै धनुषाबाट गएर साह परिवारलाई ५ हजार रुपैयाँ तत्कालै उपलब्ध गराएको जनाएका छन् । स्थानीय एक जनाले उनको अवस्थाबारे समाजिक सँजालमा राखेपछि उनलाई सहयोग गर्न यादव पुगेका थिए ।
न्यूज ब्यूरोका धनुषा प्रमुख पत्रकार विनय कुमार यादवको विशेष पहलमा उनलाई आर्थिक सहयोग गरिएको हो । रेडियो धनुषका गुलाब बाबु मण्डलको समन्वयमा साह परिवारलाई आर्थिक सहयोग गरिएको हो ।
साहको दुई छोरामध्ये एक छोरा सधैंका लागि छाडेर ससुराली बस्दै आएपछि बोल्न नसक्ने (बौकी) श्रीमति र जेठा छोरासँग बस्दै आएका छन् । जेठा छोराको पनि लगातार लकडाउनका कारण काम नपाएकोले खान समस्या भएको बताएका छन् ।
“यस अघि छोरा कसैको खेतमा, कसैको पसलमा काम गरेर केही रुपैयाँ ल्याउँथ्यो । अहिले लकडाउन भएर कतै काम पनि छैन । कोही खेतमा पनि काम दिरहेको छैन । कहाँबाट खाने ?”– उनले भने ।
४ नातिनी समेत रहेको साह पनि आफ्नो पैतृक गाउँ छाडेर ससुरालीमै बस्न बाध्य बनाइएको छ । धनुषाको कमला नगरपालिका वडा नं. २ माचि झिटकैयामा उनको पैतृक गाउँ रहेको र छोराहरु बलपूवर्क जग्गा जमिन बेचाएर नाना गाउँ (साहको ससुराली) लगेर थुपारेपछि बिजोग भएको छ ।
स्थानीय क्लब, अभियानी, युवा सँजालहरुले उनलाई सहयोग गर्नुपर्ने आवश्कता देखिएको छ । केही महिनाअघि मिथिला वाईल्ड लाईफ ट्रस्टका अध्यक्ष देव नारायण मण्डलले ७५ किलो चामल, १५ किलो दाल, तरकारी, तेल, साबुन लगायतका समाग्रीहरु सहयोग गरेका थिए ।
सहयोग समाग्री सकेपछि बारीहरुबाट टिपेर ल्याएको साग उमालेर खान बाध्य भएका छन् । उनलाई सहयोगको खाँचो रहेको छ । सहयोगी हातहरुको खाँचो रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…