काँग्रेसले गरयो कार्यकर्तालाई ह्वीप जारी
काठमाडौँ, २० माघ || नेपाली काँग्रेसले सातवटै प्रदेशमा हुने राष्ट्रियसभा सदस्यको निर्वाचनमा सहभागी हुन यही माघ २२ गतेभित्रमा आआफ्नो मतदानस्थलमा उपस्थित हुन संबद्ध सबैमा आग्रह गरेको छ । राष्ट्रियसभा सदस्यको निर्वाचन यही माघ २४ गते सातवटै प्रदेशमा हुँदैछ । काँग्रेसले स्वदेश तथा विदेशमा जहाँ रहेको भए पन

२०७४ माघ २० शनिबार, दिउँसो २:०६ बजे१ मिनेट पढाइ

काठमाडौँ, २० माघ || नेपाली काँग्रेसले सातवटै प्रदेशमा हुने राष्ट्रियसभा सदस्यको निर्वाचनमा सहभागी हुन यही माघ २२ गतेभित्रमा आआफ्नो मतदानस्थलमा उपस्थित हुन संबद्ध सबैमा आग्रह गरेको छ ।
राष्ट्रियसभा सदस्यको निर्वाचन यही माघ २४ गते सातवटै प्रदेशमा हुँदैछ ।
काँग्रेसले स्वदेश तथा विदेशमा जहाँ रहेको भए पनि राष्ट्रियसभा निर्वाचनका लागि नेपाली काँग्रेसका तर्फबाट निर्वाचित प्रदेशसभाका सदस्य र स्थानीयतहका नगरपालिकाका प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष एवं उपाध्यक्षलाई अनिवार्य उपस्थित भई पार्टीको आधिकारिक उम्मेदवारलाई मतदान गर्न अनुरोध गरेको छ ।
पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा नेपाली काँग्रेस पार्टीको ‘ह्वीप’ पालना गर्न निर्देशन गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…