तरकारी बेच्ने महिलालाई प्रहरीले गरे निर्घात कुटपिट

तरकारी घुमेर बेचेको भन्दै प्रहरीले उनलाई निर्घात कुटपिट गरेको हो ।

२०७७ भदौ ७ आइतबार
रति १०:२३ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, सिरहा । सिरहामा तरकारी बेच्ने एक महिला उपर नेपाल प्रहरीले निर्घात कुटपिट गरी घाईते बनाएको छ । 

 

सिरहाको मिचैैया नगरपालिका वडा नं. ७ मा आज(आईतबार) साँझ करिब ६ बजेको समयमा लकडाउनलाई मध्यनजर गर्दै उपाभोक्ताको घर नजिकै गएर तरकारी दिन गरेकी स्थानीय महिलालाई प्रहरीले निर्घात कुटपिट गरेको हो । 

 

मिर्चैया नगरपालिका वडा नं. ८ भगतपुर बस्ने अन्दाजी बर्ष ४१ की सीतादेवी साहलाई प्रहरीले निर्घात कुटपिट गरेपछि घाईते भएकी हुन् । उनलाई तत्कालै स्थानीय क्लीनिकमा उपचार गराइएको हो । 


स्थानीय एक जनाका अनुसार, कोरोना सँक्रमित भेटाएको अस्पतालको कर्मचारीबाट उनलाई उपचार गराइएको हो । क्वारेन्टाइन बसेका कर्मचारीहरुबाट उपचार गराएको हो । 


तरकारी घुमेर बेचेको भन्दै प्रहरीले उनलाई निर्घात कुटपिट गरेको हो । श्रीमान समेत काम गर्न दिनभरि बाहिर रहने र परिवार पाल्न तरकारी बेच्दै आएकी साहलाई प्रहरीले निर्घात कुटेपछि स्थानीयहरुले विरोध समेत जनाएका थिए । 


स्थानीय प्रशासनले लकडाउन गरेपनि अत्यावश्यक वस्तुहरु भने निर्वाध रुपमा समाजिक दुरी कायम गरी तथा सुरक्षा समाग्री अपनाएर किनमेल गर्न निर्देशन दिएको हो । 
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

Why Men rape?

  • २०७७ भदौ ७ आइतबार

In 1976, Samuel D. Smithyman published a strange advertisement in a newspaper throughout Los Angeles. Are you a rapist? He was searching for rapists for his research. He was waiting for his

पूरा पढ्नुहोस्

Bureau Menus