तरकारी बेच्ने महिलालाई प्रहरीले गरे निर्घात कुटपिट
तरकारी घुमेर बेचेको भन्दै प्रहरीले उनलाई निर्घात कुटपिट गरेको हो ।

२०७७ भदौ ७ आइतबार, राति १०:२३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहामा तरकारी बेच्ने एक महिला उपर नेपाल प्रहरीले निर्घात कुटपिट गरी घाईते बनाएको छ ।
सिरहाको मिचैैया नगरपालिका वडा नं. ७ मा आज(आईतबार) साँझ करिब ६ बजेको समयमा लकडाउनलाई मध्यनजर गर्दै उपाभोक्ताको घर नजिकै गएर तरकारी दिन गरेकी स्थानीय महिलालाई प्रहरीले निर्घात कुटपिट गरेको हो ।
मिर्चैया नगरपालिका वडा नं. ८ भगतपुर बस्ने अन्दाजी बर्ष ४१ की सीतादेवी साहलाई प्रहरीले निर्घात कुटपिट गरेपछि घाईते भएकी हुन् । उनलाई तत्कालै स्थानीय क्लीनिकमा उपचार गराइएको हो ।
स्थानीय एक जनाका अनुसार, कोरोना सँक्रमित भेटाएको अस्पतालको कर्मचारीबाट उनलाई उपचार गराइएको हो । क्वारेन्टाइन बसेका कर्मचारीहरुबाट उपचार गराएको हो ।
तरकारी घुमेर बेचेको भन्दै प्रहरीले उनलाई निर्घात कुटपिट गरेको हो । श्रीमान समेत काम गर्न दिनभरि बाहिर रहने र परिवार पाल्न तरकारी बेच्दै आएकी साहलाई प्रहरीले निर्घात कुटेपछि स्थानीयहरुले विरोध समेत जनाएका थिए ।
स्थानीय प्रशासनले लकडाउन गरेपनि अत्यावश्यक वस्तुहरु भने निर्वाध रुपमा समाजिक दुरी कायम गरी तथा सुरक्षा समाग्री अपनाएर किनमेल गर्न निर्देशन दिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…