३ बालिका नदिमा बेपता भएको केही घण्टामै थप एक बालकको मृत फेला
आजै रौतहटको गढिमाइ धर्मपुर ७ स्थित बागमती नदिमा नुहाउने क्रममा ३ जना बालिका बेपता भएको थियो ।

२०७७ भदौ ७ आइतबार, दिउँसो ३:४१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । रौतहट जिल्लाको गरुडा नगरपालिका वडा नं. ६ पोठियाहीमा एक स्थानीय बालकको शव (लास) भेटिएको छ।
शनिबार (हिजो) देखि हराइरहेका शेख मेराजका १२ बर्षीय छोरा हशमुदिनको शब बरामद भएको प्रहरीले जनाएको छ।
हराइ रहेको बालक आफन्त कहा गएको होला भन्दै परिवाले अनुमान गरिरहदा बालक शब स्थानीय एक पोखरीमा भेटेपछि परिवार शोकमा डुबेको छ।
स्थानीयले बालकको शब देखेपछि प्रहरीलाई खवर गरेका थिए। बालकको शब जिल्ला अस्पताल गौरमा पोस्ट म्याटमको लागि पठाइने तयारी भइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।घटनाको गहन छानबिन हुने प्रहरीको भनाइ छ।
आजै रौतहटको गढिमाइ धर्मपुर ७ स्थित बागमती नदिमा नुहाउने क्रममा ३ जना बालिका बेपता भएको थियो । करिब १० बजे तिर जिल्लारौतहट गढिमाई नगरपालिका वडा नं. ७ धरमपुर टोल बस्ने भदै मुखियाको छोरी वर्ष १० किपिंकु कुमारि मुखिया, लक्षुमण दासको छोरीवर्ष १२ कि सुसिता कुमारि दास छट्टु मुखियाको छोरी वर्ष १० कि चन्चल कुमारि मुखिया बेपता भएकि थिइन ।
दुई बालिका अझै बेपता छिन भने एक बालिका पिन्की कुमारीको शब स्थानीय र प्रहरीको सहयोगमा फेला परेको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…