बिहानै ३ बालिका नदीमा बेपत्ता !
नुहाउन गएको बेलामा तिनै जना खोलामा बेपत्ता भएको

२०७७ भदौ ७ आइतबार, दिउँसो १:२० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । प्रदेश नं. २ को रौतहटमा आज (आईतबार) विहानै ३ बालिका बेपत्ता भएकी छन् । रौतहटको गढिमाइ धर्मपुर वडा नं. ७ स्थिति बागमति नदिमा ३ जना बालिका बेपता भएको छ।
आज (आइतबार) करिब १० बजे गढिमाई नगरपालिका वडा नं. ७ धरमपुर टोल बस्ने भदै मुखियाको छोरी वर्ष १० किपिंकु कुमारि मुखिया, लक्षुमण दासको छोरीवर्ष १२ कि सुसिता कुमारि दास छट्टु मुखियाको छोरी वर्ष १० कि चन्चल कुमारि मुखिया बाग्मति खोलामा बेपता भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
नुहाउन गएको बेलामा तिनै जना खोलामा बेपत्ता भएको हो प्रहरी उपरिक्षक रबि राज खडकाले बताए । बेपता बालकको खोजी कार्यको प्रहरी र स्थानीयको सहयोगमा भइरहेको उपरिक्षक खडकाले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…