जनकपुरः मोटरसाईकल दुर्घटनामा २ जनाको मृत्यू !
यद्यपी, यस आरोपलाई प्रहरीले निराधार र यस्तो केही पनि नहुने तथा नभएको प्रष्ट पारेका छन् ।

२०७७ भदौ ५ शुक्रबार, बेलुकी ७:२६ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा मोटरसाईकल दुर्घटना हुँदा २ जनाको मृत्यू भएको छ । गत सोमबार बेलुकी करिब ९ः३० बजे जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ जनकचोक स्थित दुर्घटनामा परी एक पुरुषको ज्यान गएको हो ।
जनकचोकमा गइरहेको बेला उनलाई एक युवकले चलाएको बा २० प ७८८४ नम्बरको मोटरसाईकलले ठक्कर दिएपछि जनकपुरधाम उपमहानगरपालिका वडा नं. १० पानी टयाँकी स्थित बस्ने बर्ष ७५ का दीनानाथ शर्माको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
ठक्कर दिने बर्ष १८ का सुशान्त महतोलाई प्रहरीले पक्राउ गरेको छ । जनकपुरमा निषेधाज्ञा लगाइएको बेला जनकपुरको मुरलीचोकबाट भानुचोक तर्फ तीव्रगतिमा चलाएको मोटरसाईकलले शर्मालाई ठक्कर दिएको थियो । उनको उपचारको लागि तत्कालै जनकपुरको प्रादेशिक अस्पतालमा लगिएको तथा उपचार सम्भव नभएपछि बिराटनगर लैजाँदै गर्दा बाटोमै मृत्यू भएको जनाइएको छ ।
शुक्रबार मृतक परिवारजनले न्यूज ब्यूरोसँग सम्पर्क गरी शर्मालाई ठक्कर दिएपछि मृत्यू भएको बताउँदै सो घटनामा पक्राउ गरिएका महतोसँग लाईसेन्स नभएको र उनले चालकमा आफ्नो बुवाको लाईसेन्स देखाएर चालक परिवर्तन गर्न लागेको आशंका जनाए । यद्यपी, यस आरोपलाई प्रहरीले निराधार र यस्तो केही पनि नहुने तथा नभएको प्रष्ट पारेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता मकेन्द्र मिश्रका अनुसार, महतोले चलाएको ईको स्पोट निलो रँगको गाडीले शर्मालाई जनकचोकको घुमाउरो बाटोमा ठक्कर दिएको थियो ।
यस्तै, गत साउन ३२ गते धनुषाको सुगानिकास स्थित समेत एक जनाको मोटरसाईकल दुर्घटनामा परी ज्यान गएको हो । धनुषाको औरही गाउँपालिका वडा नं. १ पौडेश्वर स्थित नम्बर नखुलेको अपाचे मोटरसाईकलबाट लडेर घाईते भएका हँसपुर नगरपालिका वडा नं. ५ बस्ने रमेश दासको ज्यान गएको हो ।
मोटरसाईकलबाट लडी गम्भिर घाईते भएका दासलाई उपचारको लागि जनकपुर ल्याउँदा उपचारकै क्रममा अस्पतालमा उनको भदौ १ गते ज्यान गएको प्रहरी प्रवक्ता मिश्रले जनाएका छन् । मोटरसाईकलको खोजी कार्य जारी रहेको जनाएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…