परिवारजनको पनि हठ्ठले दम तोडे 'प्रमोद' ?
भेटको क्रममा माननीयले धुलिखेल अस्पतालका उपकुलपतिलाई विरामीको अवस्थाबारे जानकारी गराए ।

२०७७ भदौ ५ शुक्रबार, दिउँसो १:२७ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । डायग्लोसिसको अभावमा गत बुधबार मृत्यू भएका धनुषाका प्रमोद महतोको परिवारजनलको हठ्ठले पनि ज्यान गएको बताइएको छ ।
जनकपुर प्रादेशिक अस्पतालमा ल्याउनु अघि काठमान्डौंको शिक्षण अस्पतालमा उपचाररत प्रमोदलाई उनको परिवारजनले घर लैजाने जिद्द र हठ्ठका कारण ज्यान गएको आरोप लगाइएको छ ।
समाजिक सँजालहरुमा पूर्व मन्त्री एवम् संघीय साँसद मातृक प्रसाद यादवको क्षेत्रकै भएपनि उनले कुनै प्रकारको सहयोग नगरेको चर्चा चल्दा समाजिक सँजाल मार्फत नै साँसद यादका छोरा रवि किरण यादवले परिवारजनको जिद्दले प्रमोदको ज्यान गएको बताएका छन् ।
उनले काठमान्डौं उपचारको लागि आउँदा आफू सहित पूर्व मन्त्री मातृक प्रसाद यादव समेत निरन्तर सहयोगको लागि अस्पतालसम्म गएर मदत गरेको दाबी गरेका छन् । उनले साँसद यादव आफैं अस्पताल गएर उनलाई उपचारको उचीत व्यवस्था मिलाएको बताएका छन् ।
साँसद यादवको क्षेत्रको नागरिक भएको भन्दै उनलाई काठमान्डौंको त्रिवि शिक्षण अस्पताल, निदान अस्पतालमा समेत पहल गरेको बताइएको छ । त्रिवि शिक्षण अस्पतालको ईमरजेन्सी वार्डमा भर्ना भएको बेला प्रमोदको परिवारले नै कोरोनाको डरले वार्डबाट हटाउन जिद्द गरेको थियो ।
त्यसपछि पनि पूर्वमन्त्री मातृक प्रसाद यादवले प्रमोदलाई पुनः भर्ना गरी डायलसिस गर्न आग्रह गरेको थियो । मन्त्री यादवको आग्रह र पहलमा एकपछि अर्को डायलसिस गर्दै गएपछि प्रमोदको स्वास्थ्य अवस्थामा निकै सुधार आएको थियो ।
उनको अवस्थामा सुधार आएपछि मन्त्री यादवले पुनः उनलाई भेटन अस्पताल गएको र केही दिन यही बसेर उपचार गराउन उनकी आमालाई आग्रह गरेकी थिइन तर उनकी आमाले स्वास्थ्यमा सुधार आएपछि घर लग्ने हठ्ठ राखेकी थिइन् भनेर साँसद यादवका छोरा रवि किरणले फेसबुकमा लेखेका छन् ।
मन्त्री यादवले प्रमोदका वुवालाई पनि केही दिन काठमान्डौंमै बसेर उपचार गराउन भन्न तथा केही दिन नफर्काउन आग्रह गरेपनि उनको वुवा समेत राजी नदेखिएको थियो भनेर उल्लेख गरिएको छ । उनकी आमाले प्रमोद बोल्न थालेपछि घरै लगेर खुवाउने भनेर जिद्द गरेकी थिइन ।
साँसद यादवले विरामीको पितालाई काठमाण्डौं आउन आग्रह गर्दै उनलाई आउने व्यवस्था समेत गर्छु भनेका थिए । त्यती भनेपश्चात् पनि राजी नहुने देखेपछि साँसद यादव स्वयम् विरामीका आमालाई सम्झाउन फेरिपनी शिक्षण अस्पताल पुगेका थिए । उनी अस्पताल पुगुंजेल विरामीकी आमाले विरामीलाई अस्पतालबाट डिस्चार्ज गराई घर हिडी सकेकी थिईन् ।
फ़र्कीए पश्चात् हप्ता दिनसम्म विरामीको परिवारले विरामीलाई घरमै राखे । विरामीको अवस्था पुनः नाज़ुक भए पश्चात् जनकपुर प्रादेशिक अस्पताल लैजाँदा विभिन्न कारणले त्यहाँ तत्काल भर्ना लिएन ।
यो कुरा विरामीको परिवारले साँसद यादवलाई जानकारी गराएका थिएनन् । यादव आफ़्नो क्षेत्रमै हुँदा विरामीका परिवारले उनलाई पुनः भेटेका थिए । भेटको क्रममा माननीयले धुलिखेल अस्पतालका उपकुलपतिलाई विरामीको अवस्थाबारे जानकारी गराए ।
त्यसपश्चात् धुलिखेल अस्पतालका डाक्टर सूजनले विरामीका परिवारसंग वार्तालाप गरेका थिए । उनले विरामीको अवस्था बुझ्दा धुलिखेल आउँदा ढीला हुनसक्ने भएकोले तत्काल धरान लगि उपचार गराउन सूझाए । विरामी प्रमोद महतोलाई एम्बुलेन्समा धरान लैजाँदै गर्दा बाटोमै उनले दम तोड़ेको बताइएको छ ।
पूर्वमन्त्री एवम् साँसद मातृका प्रसाद यादवका छोरा रवि किरण यादवले प्रमोदको सुरुदेखि अन्तिमसम्मको अस्पतालको मामला यस प्रकार लेखेका छन् ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…