नेतालाई गोली हान्ने 'सुटर' प्रहरी गिरफ्तमा
जनकपुरधाम, १९ माघ । झण्डै एक वर्षपछि माओवादी नेता उपर गोली प्रहार गर्ने सुटरलाई धनुषा प्रहरीले पक्राउ गरेका छन् । गत वि.स. २०७३ फागुन १ गते सिरहा मिर्चैया २ बस्ने माओवादी नेता मो। लालु खा लाई गोली प्रहार गर्न मुख्य सुटर धनुषाको कमला नगरपालिकाका २० वर्षीय सुनिलकुमार यादवलाई धनुषा प्रहरीले पक्राउ गरेक

२०७४ माघ १९ शुक्रबार, राति ८:०२ बजे१ मिनेट पढाइ
जनकपुरधाम, १९ माघ ।
झण्डै एक वर्षपछि माओवादी नेता उपर गोली प्रहार गर्ने सुटरलाई धनुषा प्रहरीले पक्राउ गरेका छन् ।
गत वि.स. २०७३ फागुन १ गते सिरहा मिर्चैया २ बस्ने माओवादी नेता मो। लालु खा लाई गोली प्रहार गर्न मुख्य सुटर धनुषाको कमला नगरपालिकाका २० वर्षीय सुनिलकुमार यादवलाई धनुषा प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाको क्राईम ब्रान्च इन्चार्ज किस्मत भण्डारीको नेतृत्वमा रहेको प्रहरी टोलीले गएराति यादवलाई पक्राउ गरेको हो ।
पक्राउ परेका यादवलाई थप अनुसन्धानकालागि सिरहा प्रहरीलाई बुझाइने भण्डारीले थपे ।
यस अघि माओवादी नेता खां लाई गोलि प्रहार गरेको घटनामा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले विसुनदेव सहनि, विजय महतो र छोटकन ठाकुरलाई पक्राउ गरी सिरहा प्रहरीलाई बुझाएका थिए ।
मधेस राष्ट्र जनतान्त्रि पार्टीले गोली प्रहारको जिम्मा लिएका थिए ।
कटुवा पेस्तोल सहित पक्राउ
धनुषाको ढल्केवरबाट कटुवा पेस्तोल सहित एक जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।
धनुषाको मिथिला नगरपालिका वडा नं. ५ बस्ने बर्ष २२ को जँगे भन्ने जँग बहादुर घिसिँगलाई पक्राउ गरिएको जनाइएको छ ।
ईलाका प्रहरी कार्यालय ढल्केवरबाट खटि गएको प्रहरीको टोलीलले घिसिँगलाई १ थान कटुवा पेस्तोल सहित पक्राउ गरिएको हो ।
घिसिँगलाई चेकजाँचको क्रममा आर पी ३०३ लेखिएको कटुवा पेस्तोल सहित पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको धनुषा प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…