मँगोलहरुले आफ्नै देशको झण्डा जलाएपछि...
देशको झण्डा जलाएको भिडियो बनाएपछि मधेशी समुदायका युवाहरु समाजिक सँजाल तताएका छन् ।

२०७७ भदौ २ मंगलबार, दिउँसो १२:३३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मँगोल समुदायले युटुबमा रिजिल गरेको एक गीतमा आफ्नै देशको झण्डा जलाएका छन् । उनीहरुले नेपालको झण्डामा आगो लगाएर जलाउँदै गरेको दृश्य खिचेका हुन् ।
युटुबमा मँगोल होप अफिसिय नामक च्यानलबाट रिजिल गरिएको हिपहप गीतमा नेपालको झण्डा जलाएका हुन् । उनले बाहुत क्षेत्रीलाई समेत तथानाम भन्दै (गीतमा) भिडियोमा नेपालको झण्डा जलाएका छन् ।
आफ्नै देशको झण्डा जलाउनु राष्ट्र द्रोह सरह मानिनन्छ । देशको झण्डा जलाएपछि समाजिक सँजालमा अहिले उनीहरुलाई देश द्रोहको मुद्दा लगाउन माग उठाइएको छ । फेसबुक ट्वीटरमा झण्डा जलाउँदै गरेको पोष्टहरु राखेर आफ्नै देशको झण्डा जलाउनु देश द्रोह भएको टिकाटिप्पणी गरिएको छ ।
देशद्रोही नामक एल्बम गीतमा उनीहरुले विस्तारवादीको विस्तारामा सुत्ने खोक्रो राष्ट्रवादीहरु, देशको सार्वभौम लुटने जस्ता शब्दहरु प्रयोग गरिएको छ । यद्यपी, गीतमा देशसँग घात गर्नेहरुलाई लक्षित गरिएपनि देशको झण्डा जलाउनु कानुनी अपराध मात्र होइनन देश विरुद्धको सँकेत मानिन्छ ।
सो क्रममा युवा बिटु मिश्रा लेख्छन्–“मधेशी देशको सत्ता पक्ष बाट असन्तुष्ट थिए र अहिले पनि छँदैछ। मधेशीले देशको झण्डा कहिल्यै यसरी जलाएको थिएन र जलाउँदैन पनि, देशको झण्डामा कुना तलमाथी भएको भरमै मुख्यमन्त्री लाल बाबू राउत को राजिनामा समेत माग गर्ने राष्ट्रवादीहरुको प्रतिक्रिया खै त ?
कडा कार्वाही को माग गर्दछु ।
सोही क्रममा नागेन्द्र राय लेख्छन्–“सोसन मा हामी मधेसी पनि छौ , जनजाति , दलित पनि छ । मुक्ति का लागि हामी जति को संघर्ष सायद कुनै समुदाय ले गरेको होलान तर एस्को मतलब देश को झन्डा लाई जलाउने अपराध गर्नु देशद्रोह नै हुन एस्ता लाई उनमुक्ती दिनु हुदैन । मेरो बिचार”
देशको झण्डा जलाएको भिडियो बनाएपछि मधेशी समुदायका युवाहरु समाजिक सँजाल तताएका छन् । उनीहरुले आफ्नो देशको झण्डा जलाएको भन्दै आक्रोस पोख्दै देशद्रोहको मुद्दा लगाउन माग गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…