बारामा अनिश्चितकालिन निषेधाज्ञा
न्यूज ब्यूरो, बारा । बारामा कोरोना संक्रमणको दर दिनानुदिन बढेपछी अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको छ । आम नागरिकको जीवनरक्षा तथा रोगका संक्रमणलाई नियन्त्रण गर्न भन्दै जिल्ला कोभिड समन्वय समितिको वैठकले भोली बिहान ५ बजेदेखी लागु हुनेगरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । निषेधाज्ञा अवधिम

२०७७ भदौ १ सोमबार, दिउँसो ३:३१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बारा । बारामा कोरोना संक्रमणको दर दिनानुदिन बढेपछी अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको छ ।
आम नागरिकको जीवनरक्षा तथा रोगका संक्रमणलाई नियन्त्रण गर्न भन्दै जिल्ला कोभिड समन्वय समितिको वैठकले भोली बिहान ५ बजेदेखी लागु हुनेगरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
निषेधाज्ञा अवधिमा औषधी पसललाई २४ सै घण्टा खोल्न अनुमती दिइएको छ भने अन्य अत्यावश्यक सामग्रीका पसलहरु खाद्यान्न, ग्यास, इन्धन, दुध डेरी,तरकारी पसलहरुसमेत बिहान ८ बजेभित्रै बन्द गरिसक्न निर्देशन गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय बाराले जारी गरेको निषेधाज्ञा सम्बन्धी सुचनामा निषेधाज्ञा अवधीभर अत्यावश्यक काम बाहेक मानिसहरुलाई घर बाहिर वा घरको कम्पाउण्डमा समेत ननिस्कन आदेश दिइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…