आजदेखि १५ दिन लकडाउन
१५ दिनका लागि कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सबै काम बन्द गरिएको

२०७७ भदौ १ सोमबार, बिहान १०:३० बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, सिरहा । कोरोना भाइरसको सँक्रमण समुदाय स्तरसम्म अर्थात तेस्रो चरणमा पुगेपछि स्थानीय प्रशासनले सिरहा जिल्ला भरि १५ दिने लकडाउनको घोषणा गरेको छ ।
भदौ १ गते देखि आउँदो भदौ १५ गतेसम्मको लागि जिल्ला सङ्कट व्यवस्थापन समिति सिरहाले जिल्लाको १७ वटै स्थानीय तहमा लकडाउन गर्ने निर्णय गरेको छ ।
प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलको अध्यक्षतामा बसेको जिल्ला सङ्कट व्यवस्थापन समितिको बैठकले कोरोना भाइरसको सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि सिरहाको १७ वटै स्थानीय तहले आ–आफ्नो पालिकाभित्र १५ दिनका लागि लकडाउन गर्ने निर्णय गरेको हो ।
कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएको भन्दै भूमिसुधार तथा मालपोत कार्यालय लहानले आज (सोमबार) देखि भदौ १५ गतेसम्म अत्यावश्यक कामबाहेक सम्पूर्ण कार्य बन्द गरेको छ ।
कार्यालयले सूचना प्रकाशित गरी आजदेखि १५ दिनका लागि कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सबै काम बन्द गरिएको जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…