दारु नदिएको झोंकमा २ जनालाई ज्यान मार्ने प्रयास, एकको अवस्था नाजुक !
स्थानीयहरुका अनुसार उनीहरुले खुकुरी, रड र फर्साको प्रयोग गरी टाउको, पियुठ, पाखुरामा प्रहार गरिएको छ ।

२०७७ साउन ३२ आइतबार, दिउँसो ४:५५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा गएराती दुई जना उपर साँघातिक आक्रमण गरिएको छ । सो मध्ये एक जनाको अवस्था नाजुक रहेको प्रहरीले जनाएको छ ।
धनुषाको धनौजी गाउँपालिका वडा नं. २ गौरदाहा टोलमा गएराती स्थानीय बर्ष ६० का जगमन दास र बर्ष ५५ का राजनारायण दास माथि साँघातिक आक्रमण गरि ज्यान मार्ने प्रयास गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
सोही स्थान बस्ने बर्ष ६० का रामवृक्ष दास, बर्ष ५० का रामपुकार दास, बर्ष ४० का सँतोष कुमार दास, परमेश्वर दासको छोरा २२ को सुजीत दास लगायतले मिलेर घरेलु हातहतियार प्रहार गरी गम्भिर घाईते बनाएको हो ।
पुरानो रिसबीको कारण उनीहरुले गएराती (शनिबार) करिब १० बजेको समयमा एकाएक हमला गरेपछि स्थानीयहरुले बचाएका थिए । केही बेर दुईतर्फ झडप झैं भएपनि उनीहरुले दुवै दाजुभाई राजनारायण र जगमन दासलाई धारिलो हतियार प्रहार गरी बेहोस बनाएको थियो ।
स्थानीयहरुका अनुसार उनीहरुले खुकुरी, रड र फर्साको प्रयोग गरी टाउको, पियुठ, पाखुरामा प्रहार गरिएको छ । प्रहारपछि अत्यधिक मात्रामा रगत बगेपछि बेहोस भएका राजनारायण दासको अवस्था अझै नाजुक रहेको छ ।
दुई दिन अघि स्थानीय केही आरोपितहरु जमगनको रक्सी पसलमा अबेर राती रक्सी पसल खुलाउन गएको तथा उनले पसल नखोलेपछि त्यतिबेला पनि हातपात गरेका थिए । स्थानीयहरुका अनुसार, सोही रिसबी कारण उनीहरु उपर ज्यान मार्ने प्रयास गरिएको हो ।
आरोपित मध्ये बर्ष ६० का रामवृक्ष दास प्रहरीको नियन्त्रणमा रहेको छ भने बाँकी फरार रहेका छन् । यस घटनाको बारेमा अनुसन्धान थालिएको डिएसपी मकेन्द्र मिश्रले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…