जग्गा प्रकरण : 'यो बालुवाटार होइन मधेश हो, ओली–प्रचण्डका चेलाहरु सचेत होस्'
यो जग्गा निजीकरण गरिनुमा जनप्रतिनिधिको संलग्ता स्पष्ट देखिएको भन्दै यहाँका स्थानीय जग्गा बचाउको लागि सडकसम्म आएका छन् ।

२०७७ साउन २९ बिहीबार, राति ८:४३ बजे३ मिनेट पढाइ
न्यूज ब्यूरो, सिरहा । सिरहाको गोलबजार नगरपालिका–९ स्थित पूर्वपश्चिम् राजमार्गको करोडौंको जग्गा भूमाफियाले हड्पेको विरोधमा स्थानीयले बिहीबार राजमार्गमा चर्को प्रदर्शन गरे ।
उनीहरुले प्रदर्शन मात्रै गरेनन्, केहिबेर चक्काजामसमेत गरी पूर्वपश्चिम राजमार्ग नै ठप्प पारे । दुई सयबढीको संख्यामा आएका स्थानीय तथा अगुवाहरुले हड्पिएको सार्वजनिक जग्गामा नेपालको झण्डासमेत गाडे ।
स्थानीयहरुको नसम्हालिदो भीड र आक्रोशलाई प्रहरीले चाहेर पनि नियन्त्रण गर्न सकेनन् । आजको आन्दोलनको रुपरेखा हेर्दा यो आन्दोलन अझ उग्र बन्ने देखिन्छ ।
सम्बन्धित निकायले समयमै चाँसो नदेखाए र सार्वजनिक जग्गा भूमाफियाको चंगुलबाट बाहिर नल्याए आन्दोलन नरोकिने आन्दोलनका अगुवाहरु बताउँछन् । सार्वजनिक जग्गा बचाउनको जस्तोसुकै कदम चाल्न परेपनि आफूहरु पछि नहट्ने आन्दोलनको नेतृत्व टिमका चिरञ्जीवी यादवको चेतावनी छ ।
तत्कालिन राष्ट्रिय जनता पार्टी निकट राष्ट्रिय विद्यार्थी संघका केन्द्रीय अध्यक्षसमेत रहेका उनले आन्दोलनमा सहभागी मासलाई सम्बोधन गर्दै सार्वजनिक जग्गामा आँखा लगाउनेविरुद्ध हद्दसम्म जान तयार रहेको चेतावनी दिए । उनले अब भूमाफियाहरुले युग बद्लिइसकेको कुरा बुझे हुने तर्क गरे ।
संघ, प्रदेश र स्थानीय तह गरी तीनै तहमा नेकपाकै जनप्रतिनिधि भएको ठाउँको जग्गा हड्पिए पनि चुइक्क नबोल्नुले उनीहरुको संलग्ता स्पष्ट देखिएको उनले आरोप लगाए । आफूहरुले जग्गा बचाउको लागि आन्दोलन गर्दा आन्दोलन रोक्न उनीहरुले नै प्रहरी पनि पठाएको उनले सुनाए ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…